आइतबार, जेठ ६ गते २०८१

बेपत्ता पनडुब्बीको खोजीमा जुटेका यी ठुला जहाज, तस्बिरमा हेर्नुहोस्

बेपत्ता पनडुब्बीको खोजीमा जुटेका यी ठुला जहाज, तस्बिरमा हेर्नुहोस्

अखबार दैनिक
बिहीबार , असार ७ २०८०
  • बेपत्ता पनडुब्बीको खोजीमा जुटेका यी ठुला जहाज, तस्बिरमा हेर्नुहोस्

    एजेन्सी - टाइटानिक हेर्न गएको बेपत्ता पनडुब्बी टाइटानलाई खोज्न चलाइएको रेस्क्यू अपरेसनको कमान अमेरिकी र क्यानडाली एजेन्सीको हातमा छ ।

    images

    यसमा नौसेना र गहिरो समुद्रमा चल्ने व्यापारिक जहाज पनि समावेश छन् जसले उद्धार कार्यमा मद्दत गरिरहेको छ । यसलाई बोस्टन, म्यासाचुसेट्सबाट सञ्चालित गरिँदै छ ।

    यी जहाजका भिन्न भिन्न क्षमता छन् र यहाँ हामी ती जहाजबारे जानकारी दिँदै छौँ ।

    डिप एनर्जी
    समुद्रमा केबल बिछ्याउने काम गर्ने यो जहाज दुई रिमोट अपरेटेड भेकल्स (आरओभी) द्वारा सुसज्जित छ । यसले १०,००० फिटको गहिराइसम्म काम गर्छ ।

    एट्लान्टिक मर्लिन
    यो क्यानडाको अफसोर सप्लाई जहाज हो जसमा ४,००० मिटर लामो केबल राखिएको छ । यो केबल कुनै कुरा तान्न काम लाग्न सक्छ । यो जहाजमा रिमोट अपरेटेड भेकल्स पनि तैनाथ छ तर यसले कति गहिराइसम्म गएर काम गर्छ भन्ने जानकारी छैन ।

    स्कान्डी भिनल्याण्ड


    यो एक सपोर्ट जहाज हो जसमा दुई रिमोट अपरेटेड भेकल्स छन् । तर जहाजले कति गहिराइसम्म गएर काम गर्न सक्छ भन्ने जानकारी छैन ।

    boat1_EvQy659mMg.jpg

    लातालान्टे
    फ्रान्सबाट सञ्चालित हुने जहाज घटनास्थल अर्थात् पानी भित्र चल्ने रोबोटसँगै छ । यो टाइटानिक जहाजको भग्नावशेषसम्म जान सक्छ ।

    हरिजन आर्कटिक
    व्यावसायिक जहाज जसमा राहत र मद्दतको उपकरण भरिएका छन् ।

    ग्लेस बे
    क्यानडाली नौसेनाको जहाज जो डिकम्प्रेसन चेम्बरलाई सँगै लिएर गइरहेको छ र मेडिकल सहायता प्रदान गर्न तयार छ ।

    जोन क्याबट
    वैज्ञानिक शोध सम्बन्धी जहाज जसमा सोनार सर्च सम्भव छ र यसलाई क्यानडाली कोस्ट गार्ड सञ्चालित गर्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार