शनिबार, मंसिर ८ गते २०८१

रुसले पाकिस्तानमा तेल पठायो, शहबाज सरिफ खुसी

रुसले पाकिस्तानमा तेल पठायो, शहबाज सरिफ खुसी

अखबार दैनिक
सोमबार, जेठ २९ २०८०
  • रुसले पाकिस्तानमा तेल पठायो, शहबाज सरिफ खुसी

    एजेन्सी - रुसबाट कच्चा तेलको कार्गो पहिलो पटक पाकिस्तान पुगेको छ । देशका प्रधानमन्त्री शहबाज सरिफले यसलाई देशको लागि ‘परिवर्तनको दिन’ भनेका छन् ।

    images

    प्रधानमन्त्री सरिफले ट्विटरमा लेखेका छन्, ‘मैले देशसँग गरेको अर्को वाचा पूरा गरेको छु । पहिलो रूसी अनुदान प्राप्त कच्चा तेलको कार्गो कराँची आइपुगेको छ र भोलि तेल निकासी सुरु हुनेछ भनेर घोषणा गर्न पाउँदा खुसी छु ।’

    अप्रिलमा, पाकिस्तान र रुसबीच सस्तो रुसी कच्चा तेलको लागि सम्झौता भएको थियो र पाकिस्तानले आफ्नो पहिलो अर्डर दिएको थियो ।

    ४५ हजार मेट्रिक टन तेल बोकेको १८३ मिटर लामो तेल ट्याङ्कर रुसी जहाज प्योर प्वाइन्ट कराँची बन्दरगाहमा आइपुगेको छ ।

    शहबाज सरिफले यो पाकिस्तानका लागि पहिलो रुसी तेल कार्गो भएको र पाकिस्तान र रुसबीच नयाँ सम्बन्धको सुरुवात भइसकेको बताए ।

    उनले भने, ‘म ती सबैको प्रशंसा गर्छु जो यसको प्रयासको हिस्सा बनिरहेका छन् र रुसी तेल आयातको वचनलाई वास्तविकतामा परिवर्तन गर्न योगदान दिए ।’

    पाकिस्तान रिफाइनरी लिमिटेड (पीआरएल) ले युएई र साउदी आरामकोबाट आयात गरिएको कच्चा तेलसँग मिसाएर रुसी कच्चा तेललाई प्रशोधन गर्नेछ ।

    पाकिस्तानले आफ्नो कच्चा तेलको ७० प्रतिशत आयात गर्छ, जसलाई पीआरएल, नेशनल रिफाइनरी लिमिटेड, पाक अरब रिफाइनरी लिमिटेड र बायोको पेट्रोलियमले प्रशोधित गर्छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ