मंगलबार, असोज २९ गते २०८२

सुनको मूल्य साढे दुई लाख नजिक पुग्यो

सुनको मूल्य साढे दुई लाख नजिक पुग्यो

अखबार दैनिक
मंगलबार, असोज २९ २०८२
  • सुनको मूल्य साढे दुई लाख नजिक पुग्यो

    नेपाली बजारमा सुनको हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।आज (मंगलबार) सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँले बढेर तोलाको दुई लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सोमबार छापावाल सुन प्रतितोला दुई लाख ४० हजार ४०० रुपैयाँमा कायम भएको थियो ।

    त्यस्तै चाँदीको मूल्यमा पनि तोलामा ९५ रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ । चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ