शुक्रबार, मंसिर १४ गते २०८१

चीनमा बढे बेरोजगार, युवालाई गाउँ पठाउने नीतिको विरोध

चीनमा बढे बेरोजगार, युवालाई गाउँ पठाउने नीतिको विरोध

अखबार दैनिक
मंगलबार, वैशाख १९ २०८०
  • चीनमा बढे बेरोजगार, युवालाई गाउँ पठाउने नीतिको विरोध

    बेरोजगार बढेपछि चीनको ग्वाङ्झाओ प्रान्तले युवालाई गाउँ पठाउने नीति अघि सारेको छ । उत्पादन हबका रूपमा चिनिने ग्वाङ्झाओ प्रान्तले ३ लाख बेरोजगार युवालाई जागिरका लागि ग्रामिण इलाकामा पठाउन लागेको हो ।

    images

    ग्रामीण इलाकाको अर्थतन्त्र चलायमान बनाउने राष्ट्रपति सी जिनफिङको नीति अनुरूप त्यस प्रान्तले युवाहरूलाई ग्रामिण इलाका पठाउने निर्णय गरेको सीएनएनले जनाएको छ । चिनियाँ नेता माओत्सेतुङ्ले पनि शहरका लाखौं युवालाई ग्रामिण इलाकामा पठाएका थिए ।

    ग्वाङ्झाओ प्रान्तमा १६ देखि २४ वर्ष उमेर समूहका जनसंख्यामा बेरोजगार दर १९ दशमलव ६ प्रतिशत पुगेको छ । यस तथ्यांक अनुसार करिब १ करोड १० लाख युवा बेरोजगार छन् । बेरोजगार युवाहरूको संख्या अझै बढेर १ करोड ६० लाख पुग्ने अनुमान छ ।

    ‘कोरोना कालपछि धेरै शिक्षित युवा बेरोजगार छन् । शहरी इलाकामा शिक्षित युवाहरूलाई रोजगारको प्रबन्ध मिलाउनु चिनियाँ कम्युनिस्ट पार्टीका लागि सबैभन्दा ठूलो टाउको दुःखाइको विषय बनेको छ,’ अनुसन्धानकर्ता एलेक्स क्याप्री भन्छन् ।

    ती युवाहरूलाई ग्रामिण इलाकामा पु¥याउँदा त्यहाँको अर्थतन्त्र पनि पुनरूत्थान हुने र गरिबी निवारणमा सहयोग पुग्ने उनले बताए । युवाहरू नै बेरोजगार हुँदा चीनको अर्थतन्त्र विकास नै सुस्त भएको उनले बताए । चीनको कडा कोभिड नीतिका ८० प्रतिशत रोजगारी धानेको निजी क्षेत्र तहसनहस भएको थियो ।

    चीनका युवाहरू दशकयताकै शिक्षित युवामा गनिन्छन् । अर्थतन्त्रको गति धीमा हुँदा शिक्षित युवाहरूलाई समेत रोजगारीका लागि अप्ठेरो परेको छ । शिक्षित युवाहरूलाई समेत रोजगारी सुनिश्चित नहुँदा युवा पुस्ताहरू उच्च शिक्षामा आकर्षित हुन छोडेका छन् ।

    Kong-Yiji-China-a-character-in-a-short-story-by-Lu-Xun-1.jpg
                                       एक पसल अगाडि राखिएको कोङ् यी जीको प्रतिमा । उनी लु सुनको एक कथाको पात्र हुन् ।

    बेरोजगारीको दर बढ्दै गएपछि अहिले चीनमा कोङ् यी जीको मिम भाइरल भइरहेको छ । २० औं शताब्दीका शिक्षित ती युवा गरिबीमै बाँचेका थिए । उनी शारिरीक श्रममा धेरै गर्व गर्थे ।

    शिक्षित युवा बेरोजगारहरूले शैक्षिक प्रणालीकै मजाक उडाउन थालेका छन् । पढेर अनपढले गर्ने श्रम चुन्ने वा नपढेरै त्यस्ता श्रम गर्ने भन्ने द्विविधामा उनीहरू परेका हुन् । ‘राज्यले अबलम्बन गरेको पुँजीवादको मोडलमा शिक्षित भएर पनि सामाजिक हैसियत कायम हुनसक्ने भन्दै युवाहरू निराश छन् । आफ्ना शीप र ज्ञानको उचित प्रयोग नहुने हो की भन्ने चिन्ता उनीहरुमा छ,’ क्रेग सिंग्लट्न भन्छन् ।

    युवालाई गाउँ पठाउने नीतिको विरोध
    राष्ट्रपति सीको हालको नीतिको विरोधमा कोङ् इजीको मेम र ह्यास्ट्याग प्रयोग बढ्दै गएपछि अधिकारीहरूले त्यसलाई प्रतिबन्ध लगाउने प्रयत्न गरेका छन् । रोजगारीका सवालमा युवाहरूको चेत नै भिन्न भएकाले उनीहरू बेरोजगार हुनुपरेको चिनियाँ अधिकारीहरूको बुझाइ छ । शारिरीक श्रमका लागि युवाहरू अल्छी भएको व्याख्या उनीहरूले गर्छन् ।

    गत महिना चिनियाँ सञ्चारमाध्यममा आलेख छापिएको थियो । त्यसको सन्देश थियो–गाउन फुकालेर खेतमा जाउ श्रम गर । त्यसको विरोधमा विद्यार्थीहरूले भनेका छन्, ‘हामीले योग्यता अनुसारको काम खोजेका हौं । हाम्रो शैक्षिक योग्यता अवमूल्यन गर्दै खेतमा पठाउने हास्यास्पद नीति खारेज गर ।’

    चीनको अर्थतन्त्र सुधारको क्रममा भए पनि युवा बेरोजगारको दर भने कहालीलाग्दो बन्दै गएको छ । शहरी इलाका बढ्दो बेरोजगारीले सामाजिक तनाव निम्त्याउन सक्ने भएकाले सीले गाउँ पठाउने नीति लिएको विश्लेषकहरूको बुझाइ छ । ‘सरकारले युवा बेरोजगारहरूको उचित व्यवस्थापन नगरे त्यसले राज्यप्रति भयानक वितृष्णा जन्माउनेछ,’ अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक जर्ज म्याग्नस भन्छन् ।

    माओत्सेतुङको पालाको नीतिको सान्दर्भिकता हाल सकिएकाले सीले त्यसलाई पछ्याउन खोज्नुको कुनै तुक नरहेको भन्दै सामाजिक सञ्जालमा आक्रोश पैदा भइरहेको छ ।

    – सीएनएनबाट

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ