शनिबार, जेठ ५ गते २०८१

चट्याङ लागेर सिन्धुलीमा ३ जना घाइते

चट्याङ लागेर सिन्धुलीमा ३ जना घाइते

अखबार दैनिक
सोमबार, वैशाख ११ २०८०
  • चट्याङ लागेर सिन्धुलीमा ३ जना घाइते

    काठमाडौँ । अविरल वर्षा सँगै परेको चट्याङ लागेर सिन्धुलीको गोलन्जोर गाउँपालिकामा ३ जना घाइते भएका छन् । गोलन्जोर गाउँपालिका–३ ओख्लेस्थित ५८ वर्षीया दुर्गाकुमारी भुजेलको घरमा चट्याङ परेको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए ।

    images

    चट्याङ लागेर घाइते हुनेमा दुर्गा कुमारी भुजेल, उनकी बुहारी २८ वर्षीया हिराकुमारी भुजेल र ८ वर्षीय निकेश भुजेल छन् । दुर्गा कुमारीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । हिराकुमारी र निकेश उपचार पछि घर फर्केका छन् । घर बाहिर राखिएको बिजुलीको मिटर बक्समा चट्याङ परेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार