बुधबार, जेठ ९ गते २०८१

कैलालीकी ‘मुनु’ पोइट आइडियलको उत्कृष्ट छ भित्र 

कैलालीकी ‘मुनु’ पोइट आइडियलको उत्कृष्ट छ भित्र 

अखबार दैनिक
बिहीबार , चैत २३ २०७९
  • कैलालीकी ‘मुनु’ पोइट आइडियलको उत्कृष्ट छ भित्र 

    कैलालीः कैलालीकी मुनु अधिकारी पोइट आइडियलको उत्कृष्ट छ भित्र पर्न सफल भएकी छिन्। घोडाघोडी नगरपालिका–१ सुखड घर भएकी मुनु कवितामा आधारित नेपालकै पहिलो रियालिटी शो पोइट आइडियलमा उत्कृष्ट छ जनामा पर्न सफल भएकी हुन्। सयौं प्रतिस्पर्धीलाई उछिन्दै अन्तिम १४ जनामा उत्कृष्ट ६ जनाभित्र मुनु पर्न सफल भएकी हुन्।

    images

    मुनुले ‘मेरा आँखाहरु सायद मेरै मृत्युको साक्षी बस्न चाहेनन्, म हत्यारा हुँ, चमेलीको रातो रिबन, म आफैले आफैलाई निर्धक्क मारेको हेर्न सकेनन् लगायत थुप्रै मर्मस्पर्शी कविताले निर्णायकसँगै दर्शकहरुको मन जितेकि छन्। एपी वान टेलीभिजनमा हरेक हप्ता बिहीबार र शुक्रबार राति ८ः३० बजे पोइट आइडियल रियालिटी सो प्रशारण हुँदैआएको छ। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार