मंगलबार, जेठ ८ गते २०८१

पहिलो अन्तर्राष्ट्रिय हस्तकला प्रदर्शन हुदै

पहिलो अन्तर्राष्ट्रिय हस्तकला प्रदर्शन हुदै

अखबार दैनिक
सोमबार, चैत १३ २०७९
  • पहिलो अन्तर्राष्ट्रिय हस्तकला प्रदर्शन हुदै

    काठमाडौं । हिमालयन अन्तर्राष्ट्रिय प्रदर्शन कम्पनी ले नेपालको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको हस्तकला प्रदर्शन २०८० साल बैशाख ८ गते देखि १० गते सम्म सञ्चालन हुने भएको छ । उक्त प्रदर्शनीको मुख्य उद्देश्य नेपाली उत्पादनलाई प्रदर्शन मार्फत परिचित गराई विश्व बजारमा पहुँच पुर्याउन नेपाली उत्पादनको निर्यातलाई बढाइ आर्थिक सम्बृद्धिमा टेवा पुराउने विश्वास आयोजकले लिएका छन् ।

    images

    नेपालका हस्तकला भन्नाले पश्मिना, स्टोन, माला, क्यूरियाको सामानहरु, गलैंचा, गार्मेन्टका सामानहरु, हेम्प, सिसा पाइपहरु, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहनाहरू, हेण्ड मेड पेपरहरू, ठेक्काहरु, खुकुरीहरु, पेपर प्याकेजहरु, नेपाली ढाकाहरू, कार्पेट, घरेलु साना तथा ठूला उद्योगहरुबाट उत्पादित वस्तुहरु, जडिबुटीहरू, सजावटका सामानहरु, पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरु जस्तै होटल, ट्रेकिङग्, ट्राभल्स, खानपिन, टर्स, धर्मकला र सँस्कृति सम्बन्धित क्रियाकलापहरु भएमा उक्त उत्पादनको लागि अन्तर्राष्ट्रिय स्तरमा परिचित एवं विक्रि वितरणका लागि ५०० भन्दा बढी विदेशी क्रेताहरु अमेरीका, यूरोप, चिन, भारत लगायत अन्य देशहरुबाट सहभागीता जनाउने छन् ।

    यस हिमालयन इन्टरनेशनल एक्स्पो आइ।एन।सी ले प्रदर्शनमा स्वदेशी तथा विदेशी गरि १७६ स्टलहरू रहने छन् । प्रदर्शन मेलाको क्रममा हस्तकला सम्बन्धी जीवन्त कलाको प्रदर्शन , समसामयिक विषयमा गोष्ठी आयोजना गरिएको छ र विश्वका बिभिन्न देशहरुबाट क्रेताहरु भित्रर्याउने र बढी भन्दा बढी नेपाली व्यापारीलाई बिदेशी व्यापारीहरु संग सम्वन्ध विस्तार गराई निर्यात बढाई आर्थिक सम्बृद्धि गर्ने यो प्रदर्शनको प्राथमिकता रहेको आयोजकको भनाइ छ ।

    नेपालको प्राचीन स्मारक एवं सम्पदाको संरक्षण प्रति सम्बद्ध सबैमा आफ्नो उत्पादन अन्तर्राष्ट्रिय स्तरमा परिचित गराइ प्रदर्शन स्थललाई  लिएर उपयुक्त स्थानहरूमा आफ्नो संस्था, फर्म, कम्पनीको नाम र लोगो राखि ब्यापार गर्न ईच्छुक हुने सबैमा स्टल बुकिंग गरिएको छ । यस प्रदर्शनमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोगको अपेक्षा गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार