सोमबार, वैशाख २४ गते २०८१

बच्चालाई शान्त गराउन मोबाइल दिनु एकदमै हानीकारक

बच्चालाई शान्त गराउन मोबाइल दिनु एकदमै हानीकारक

९ वर्षसम्म धेरै समय मोबाइलमा बिताउने बच्चाको शैक्षिक गुणस्तर घटेको पाइयो । मानसिक स्वास्थ्य पनि बिग्रने देखियो । 

अखबार दैनिक
शुक्रबार, फागुन १९ २०७९
  • बच्चालाई शान्त गराउन मोबाइल दिनु एकदमै हानीकारक

    एजेन्सी । कतिपय अवस्थामा यदि बच्चा रुन्छ भने अभिभावकले उसलाई मोबाइल वा ट्याबलेट दिएर शान्त बनाउँछन् । बच्चा त्यतिबेला त शान्त हुन्छ तर भविष्यमा यसको गम्भीर असर हुन सक्छ । खासगरी ९, १० वर्ष पूरा भइसकेका यस्ता बच्चाले जब अरु बच्चासँग भेट्छन् त्यतिबेला उनीहरु घुलमिल हुन समस्या मान्छन् ।

    images

    उनीहरुको एकाग्रता घट्छ र काम गर्ने क्षमता पनि प्रभावित हुन्छ । बच्चामा स्क्रीनको असर जान्नका लागि हार्वर्ड युनिवर्सिटी सेन्टर अफ डेभलपिङ चाइल्डमा एउटा सोध तयार गरिएको थियो ।

    जसअनुसार ९ वर्षसम्म धेरै समय मोबाइलमा बिताउने बच्चाको शैक्षिक गुणस्तर घटेको पाइयो । मानसिक स्वास्थ्य पनि बिग्रने देखियो ।

    शारीरिक क्रियाशिलताले हुन्छ मानसिक विकास
    यसबाहेक उनीहरुलाई सामाजिक कार्य तथा शारीरिक गतिविधिमा धेरै समावेश गराउनु जरुरी छ जसले गर्दा शारीरिक तथा मानसिक विकास सही तरिकाले हुन्छ ।

    यस्ता बच्चा भावनात्मक रुपले पनि एकदमै कमजोर हुन्छन् । एउटा अर्को अध्ययनअनुसार स्क्रीनमा धेरै समय बिताउने बच्चामा चिडचिडाहाटपन बढ्छ र उनीहरुले कुनै पनि स्थान वा माहोलमा आक्रामक व्यवहार गर्न थाल्छन् ।

    सोधमा भनिएको छ, यसरी बच्चालाई मोबाइल थमाइदिनु भनेको उनीहरुको बालापन छिन्नु जस्तै हो । मोबाइल चलाउन भन्दा ज्यादा उनीहरुलाई अभिभावकसँग कुरा गर्न दिनु अति आवश्यक हुन्छ ।

    प्रश्नहरुको जवाफ दिनुहोस्, काममा भुलाउनुहोस्
    यदि तपाई कपडा पट्याइरहनुभएको छ भने बच्चालाई पनि सोही काममा भुलाउनुहोस् । उनीहरु मोबाइल बिर्सिएर तपाईंसँगै सानो सानो काममा लागुन । मोबाइल तथा ट्याबलेटका लागि समय छुट्याउनुहोस् । त्यही समयका लागि मात्रै मोबाइल वा ट्याबलेट चलाउन दिनुहोस । धेरै भन्दा धेरै प्रश्न गर्ने मौका दिनुहोस् । साथै उनीहरुको प्रश्नको जवाफ पनि दिने गर्नुस् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ