सोमबार, कात्तिक ९ गते २०८३

प्रधानमन्त्री बालेन शाहद्वारा एनपीएलको तेस्रो सिजन उद्घाटन

प्रधानमन्त्री बालेन शाहद्वारा एनपीएलको तेस्रो सिजन उद्घाटन

अखबार दैनिक
सोमबार, कात्तिक ९ २०८३
  • प्रधानमन्त्री बालेन शाहद्वारा एनपीएलको तेस्रो सिजन उद्घाटन

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन उद्घाटन गरेका छन्। काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गरेका हुन्।

    तेस्रो सिजनको उद्घाटनसँगै नेपाली क्रिकेटप्रेमीमाझ एनपीएलको रौनक सुरु भएको छ। प्रतियोगितामा सहभागी टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।

    यस सिजनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। खेलअघि भएको टसमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

    त्रिवि क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताले नेपाली क्रिकेटको उत्साह थप बढाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ