आइतबार, मंसिर ९ गते २०८१

ओस्कार अवार्डको मञ्चमा ‘नाटु नाटु’ गीतको लाइभ प्रस्तुति गरिने

ओस्कार अवार्डको मञ्चमा ‘नाटु नाटु’ गीतको लाइभ प्रस्तुति गरिने

अखबार दैनिक
बुधबार, फागुन १७ २०७९
  • ओस्कार अवार्डको मञ्चमा ‘नाटु नाटु’ गीतको लाइभ प्रस्तुति गरिने

    काठमाडौं । एसएस राजामौली निर्देशित ब्लकबस्टर फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ यस वर्षको ओस्कार अवार्डमा मनोनित भएको कुरा सबैलाई थाहा छ । विश्व फिल्मको सर्वोच्च पुरस्कार वितरणको दिन नजिकिंदै जाँद ‘नाटु नाटु’ले अवार्ड जित्ने धेरैको अनुमान पनि छ ।

    images

    अवार्ड समारोहमा सहभागी हुन निर्देशक राजामौलीसहित अभिनेताद्वय रामचरण र जुनियर एनटीआर अमेरिका पुगेका छन् । अब यो गीत मार्च १२ मा आयोजना हुने ९५औं एकेडेमी अवार्डमा प्रत्यक्ष प्रस्तुत हुने पक्का भएको छ । गायक राहुल सिपलीगञ्ज र काला भैरवले यो गीतलाई अवार्डको मञ्चमा गाउनेछन् ।

    ओस्कारले आफ्नो मञ्चमा पहिलोपटक कुनै भारतीय फिल्मको गीतलाई यसरी इन्डोर्स गर्न लागेको पहिलोपटक हो । एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले सामाजिक सञ्जालबाट नाटु नाटु गीतलाई प्रस्तुत गर्ने जानकारी दिएको छ । राहुल र काला दुवै जना गीत गाउन लस एन्जलसको डल्बी थिएटर जानेछन् । राम चरण र जुनियर एनटीआर पनि उनीहरूसँग स्टेजमा सामेल हुनेछन् र हुक स्टेप प्रदर्शन गर्नेछन् ।

    एक अन्तर्वार्तामा रामचरणले आफूलाई ओस्कारको स्टेजमा उक्त गीतमा नाच्न मन लागेको बताए । गीतलाई प्रशंसा हुने जुनसुकै ठाउँमा आफूलाई नाच्न मन लाग्ने उनले बताएका थिए ।

    ‘यदि हामी ओस्कारमा छौं र अनुरोध गरिएको छ भने किन नहुने ? अवश्य पनि । हामी हाम्रा दर्शकलाई मनोरञ्जन गर्न पाउँदा धेरै खुसी हुनेछौं, जसले हामीलाई धेरै माया दिए । तर मञ्चमा यसलाई प्रस्तुत गर्न कठिन हुनेछ किनभने प्रशस्तै सास र ऊर्जा आवश्यक पर्छ,’ उनले भने ।

    दक्षिण भारतीय र हिन्दी भाषामा रिलिज भएको ‘नाटु नाटु’ संसारभर लोकप्रिय गीत बनेको छ । युद्धको केही महिनाअघि युक्रेनी राष्ट्रपतिको महल मारिन्सकी प्यालेसमा १५ दिन लगाएर गीतको छायांकन गरिएको थियो । जुनियर एनटीआर र राम चरणको नृत्य चालको साथ यसको आकर्षक धुनले विश्वका सबै दर्शकलाई जोडेको छ । कुनै भाषा नभएको गीतमा जोडिएको छ । युट्युबमा यसलाई १२ मिलियनभन्दा धेरै पटक हेरिएको छ ।

    यो गीतले यसअघि नै गोल्डेन ग्लोबजस्ता अवार्डमार्फत अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा पाइसकेको छ । यसले गोल्डेन ग्लोब्समा उत्कृष्ट अन्तर्राष्ट्रिय गीत र उत्कृष्ट मौलिक गीत विधा र क्रिटिक्स च्वाइस अवार्डमा उत्कृष्ट गीत पनि जित्यो । अहिले सबैको नजर ओस्कारमा छ ।

    यसैबीच राम चरण, एसएस राजामौली, एमएम कीरावाणी र आरआरआरको सम्पूर्ण टोली ओस्कार अगाडि फिल्मको प्रचार गर्न अमेरिकामा छ । टोलीले क्रान्तिकारी नेता अल्लुरी सीता रामा राजु र कोमराम भीमको कथामा आधारित फिल्मको बारेमा विशेष अन्तर्वार्तामा सहभागी भइरहेको छ । यो फिल्म अमेरिकाका २०० भन्दा बढी पर्दामा पुनः रिलिज हुँदैछ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार