शनिबार, जेठ ५ गते २०८१

लघुवित्तका कर्मचारीमाथि जाजरकोटमा कालोमोसो

लघुवित्तका कर्मचारीमाथि जाजरकोटमा कालोमोसो

अखबार दैनिक
बुधबार, फागुन १७ २०७९
  • लघुवित्तका कर्मचारीमाथि जाजरकोटमा कालोमोसो

    १७ फागुन, काठमाडौं । जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमासो दलिएको छ ।

    images

    १६ फागुनमा जाजरकोटको भेरी नगरपालिकमा मासिक किस्ता उठाउन गएका लघुवित्तका एकजना कर्मचारीमाथि दुई जना अज्ञात व्यक्तिले कालोमासो दलेको पाइएको जाजरकोटका डीएसपी सन्तोष रोक्काले जानकारी दिए । ती कर्मचारीको साथमा रहेको रकमसहित झोला समेत अज्ञात समूहले लुटेर लगेको पाइएको डीएसपी रोक्काले बताए ।

    ‘१६ गते उक्त स्थानमा एनआईसी एशिया लघुवित्तको किस्ता उठाउने मिति रहेछ । सोही क्रममा लघुवित्तका कर्मचारी किस्ता उठाउन गएका रहेछन् । उनै कर्मचारीलाई दुई जना व्यक्तिले कालोमोसो दलेर किस्ता असुल गरेको रकम सहितको झोला लिएर भागेका रहेछन्,’ डीएसपी रोक्का भन्छन्, ‘हामीले घटनाको अनुसन्धान सुरु गरिसकेका छौं । ५ जना नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं

    प्रतिक्रिया दिनुहोस

    थप समाचार