आइतबार, मंसिर ९ गते २०८१

‘फूलबारी’ले बनायो सुस्ताएको बजार चलायमान

‘फूलबारी’ले बनायो सुस्ताएको बजार चलायमान

अखबार दैनिक
आइतबार, फागुन १४ २०७९
  • ‘फूलबारी’ले बनायो सुस्ताएको बजार चलायमान

    गत कात्तिकपछि सुस्ताएको नेपाली फिल्मको बजारलाई अघिल्लो हप्ताको फिल्म ‘फूलबारी’ले धेरै हदसम्म चलायमान बनाएको छ । स्टार कलाकारका फिल्म समेत डुबिरहेको परिपेक्षमा यो फिल्मले पारिवारिक दर्शकलाई आकर्षित गरेको छ । तर, फिल्मको व्यापार आक्रामक भने छैन । सार्वजनिक विदामा फिल्मले दर्शकको साथ राम्रो पाउने गरेको भएता पनि अन्य दिनमा औसत छ ।

    images

    पहिलो हप्ताको शनिबार फिल्म देशभर लगभग हाउसफुल थियो । प्रजातन्त्र दिवस र ग्याल्पो ल्होछारको विदामा पनि फिल्मले राम्रै व्यापार गर्‍यो । त्यस्तै, दोस्रो हप्ताको शनिबार राजधानीका प्रायः मल्टीप्लेक्सहरु हाउसफुल भएका थिए । मोफसलमा पनि यस्तै अवस्था थियो । दोस्रो हप्ताको शनिबारसम्म फिल्मले घरेलू बजारमै ३ करोडको आसपास कमाई गरिसकेको जानकारी प्राप्त छ ।

    ‘पठान’, ‘शहेजादा’, ‘स्वर्ड आर्ट’, ‘ऐन्ट म्यान’, ‘सेल्फी’ जस्ता एकसेएक हलिउड र हलिउड फिल्महरुको बावजूद पनि ‘फूलबारी’को कमाईमा खासै असर नपर्नु ‘वर्ड अफ माउथ’ एउटा महत्त्वपूर्ण कारण हो । फागुन १९ गतेबाट दुई ठूला नेपाली फिल्म ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ प्रदर्शनमा आउने तयारीमा रहेकाले त्यसको अघिल्लो दिनसम्म फिल्मले सुखद कमाईलाई यथावत राख्न सक्नेछ ।

    ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको निर्देशन, विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की जस्ता चलेका कलाकारहरुको अभिनय, ‘माया रैछ र’ गीतले कमाएको लोकप्रियताले पनि दर्शकलाई हलसम्म तान्न भूमिका खेलेको देखिन्छ । यो फिल्मले घरेलू बजारबाट लगानी सुरक्षित गर्ने सम्भावना प्रवल छ । अहिलेको अवस्थामा फिल्मले लगानी सुरक्षित गर्नु भनेको पनि निकै ठूलो उपलब्धि हो ।

    ‘फूलबारी’ले परिवारभित्रको कथा उठाएको छ । बुबाआमाप्रति सन्तानको दायित्व र कर्तव्य फिल्मले बुझाउँछ । कथासार बलिउड फिल्म ‘बागवान’सँग मिल्दोजुल्दो भए पनि निर्देशक गुरुङले नेपाली समाज र परिवेश सुहाउँदो फिल्म बनाएका छन् । जसले गर्दा फिल्मको कुनै न कुनै पाटोमा दर्शकले आफ्नो घरभित्रको कथा भेट्न सक्छन् । नायक विपिन कार्की यो फिल्मका मेरुदण्ड हुन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार