आइतबार, मंसिर ९ गते २०८१

‘फूलबारी’मा शिल्पाको भूमिका छोटो, तर प्रचारमा प्रियंका बराबर  

‘फूलबारी’मा शिल्पाको भूमिका छोटो, तर प्रचारमा प्रियंका बराबर  

अखबार दैनिक
बिहीबार , फागुन ४ २०७९
  • ‘फूलबारी’मा शिल्पाको भूमिका छोटो, तर प्रचारमा प्रियंका बराबर  

     

    images

    मल्टीस्टार फिल्म ‘फूलबारी’ यही शुक्रबारबाट प्रदर्शनको तयारीमा छ । ‘कबड्डी’ समुहको फिल्म भएकाले दर्शकमा अपेक्षा उच्च छ भने कात्तिकदेखि खडेरी बेहोरिरहेको नेपाली फिल्मको बजारलाई चलायमान बनाउने आशा पनि गरिएको छ । एउटा परिवारमा आउने उतारचढावको कथामा निर्माण भएको फिल्मको ट्रेलरले जुनखालको प्रतिक्रिया पाएको छ, त्यसले सफलताको संकेत गर्छ ।

    तर, फिल्मको प्रचार अपेक्षाकृत हुन सकेको छैन । केही दिन मोफसल भ्रमणपछि फिल्मको प्रचार केही सुस्ताएको छ । फिल्मका प्रमुख दुई अभिनेता विपिन कार्की र दयाहाङ राई छायांकनमा व्यस्त हुँदा प्रचारको कमान्ड अभिनेत्री द्वय प्रियंका कार्की र शिल्पा मास्केले सम्हालेका छन् । दुवैको करिअरका लागि यो फिल्म विशेष भएकाले पनि उनीहरुले प्रचारमा पर्याप्त समय दिएका छन् ।

    तर, ‘फूलबारी’मा शिल्पाको छोटो भूमिका छ । ट्रेलरमा उनले पाएको ‘स्क्रिन स्पेश’ले पनि यो पुष्टि हुन्छ । उनी आफैंले मोफसल प्रचारको क्रममा आफ्नो सानो भूमिका भए पनि अर्थपूर्ण रहेको बताएकी थिइन् । तर, उनको प्रचारमा खटाई हेर्दा लगभग प्रियंका बराबर नै देखिन्छ । ‘कबड्डी’ समुहको फिल्म भएकाले पनि उनले प्रचारमा भरपुर समय दिएको हुनसक्ने कतिपयको बुझाइ छ ।

    फिल्म ‘द ब्रेकअप’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनलाई पहिलो गाँसमै ढुंगा लागेको थियो । उनको दोस्रो फिल्म ‘कागजपत्र’ पनि डिजास्टर भयो । तेस्रो फिल्म ‘सानो मन’बाट फ्लपमा ह्याट्रिक गरेकी उनी अब ‘फूलबारी’को भरोसामा छिन् । यसकारण यो फिल्म सफल हुनुपर्ने दबाब उनमा छ । फिल्मको भाग्य चाहिँ कस्तो लेखिएको छ, त्यसका लागि केही दिन प्रतिक्षा गर्नैपर्ने हुन्छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार