आइतबार, मंसिर ९ गते २०८१

गायक विष्णु खत्रीले कतारबाट सरकारलाई भने- 'कि सास चाहियो कि लास चाहियो' (फोटोफिचर)

गायक विष्णु खत्रीले कतारबाट सरकारलाई भने- 'कि सास चाहियो कि लास चाहियो' (फोटोफिचर)

अखबार दैनिक
बिहीबार , फागुन ४ २०७९
  • गायक विष्णु खत्रीले कतारबाट सरकारलाई भने- 'कि सास चाहियो कि लास चाहियो' (फोटोफिचर)

    निर्धारित समयमा कार्यक्रम शुरु गरेर निर्धारित समयमै कार्यक्रम समापन गर्ने परिपाटी कतारको नेपाली समुदायमा त्यति विकास भएको छैन । तर मंगलबार जनप्रगतिशील मञ्च कतारले आयोजना गरेको 'प्रगतिशील सांस्कृतिक साँझ-२०२३' कार्यक्रम केही भिन्न देखियो । निर्धारित समयभन्दा केही मिनेट मात्र ढिला शुरु भएको कार्यक्रम संगीतमय रह्यो र समयमै सकियो ।

    images

    No description available.

    २८औं जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट अग्रज सर्जक तथा लोक दोहोरी गायक विष्णु खत्री मञ्चको निमन्त्रणामा पहिलो पटक कतार आएका थिए । अनौपचारिक कार्यक्रमलगत्तै स्टेज उक्लिएका खत्रीले शुरुमा आफ्ना तीन वटा सांगीतिक कोसेली पेश गरे । जनयुद्धदेखि देशका आम परिवर्तनका लागि हिँडेका नागरिकहरू आजसम्म किन फर्किएनन्, उनीहरू कहाँ छन्, कस्तो अवस्थामा छन् ? भन्दै परदेशबाट उनले राज्यलाई गीतमार्फत घचघच्याए ।

    No description available.

    'कि सास चाहियो कि लास चाहियो' बोलको गीत धादिङमा बेपत्ता परिवारको घरमा सुटिङ गर्दै गर्दा पीडा सहन र देख्न नसकेर आफूले उक्त घर छाडेर हिँडेको स्मरण गर्दै उनले सोही गीत प्रस्तुत गरे । दिनदुखी र गाउँले परिवेशसहित परिवर्तनका गीत गाउँले भाकामा गाउने गायकको परिचय बनाएका खत्रीले दर्शकलाई भावुक बनाए । फरक फरक समय गरेर तीन पटक स्टेज चढेका खत्रीले दर्शकलाई बिस्तारै नचाउँदै गए l साँझपखको सिरेटो चिर्न उनले आफ्ना हिट नम्बरका गीत प्रस्तुत गर्दै सबैलाई नचाए l 'अन्तरजातीय विवाह', 'भरिया दाइ'लगायतका गीतले रातको ९ बजेसम्म दर्शकलाई नचाई रहे l खत्रीका गीत सुन्न, उनको प्रस्तुति हेर्न र उनीसँगै झुम्न हलमा दर्शकको ओइरो लागेको थियो l

    No description available.

    कार्यक्रममा कतारमा रहेका थुप्रै कलाकारहरूले आफ्ना प्रस्तुति दिए l कार्यक्रममा नौमती पञ्चेबाजाले रौनकता थपेको थियो l मञ्चका अध्यक्ष बुद्धिप्रसाद भण्डारीको सभापतित्व, नेपाली जन प्रगतिशील मञ्च पश्चिम एसिया संयोजक शनिकुमार ओलीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो l उक्त कार्यक्रममार्फत जनयुद्धमा घाइते भएका तथा बेपत्ता पारिएका परिवारका सदस्यहरू र कलाकारहरूलाई सम्मान गरिएको थियो l

    No description available.

    कार्यक्रममा एनआरएनए आईसीसीका विभिन्न तह तप्काका पदाधिकारीहरू लगायत कतारमा स्थापित विभिन्न जिल्ला, प्रदेश, वैचारिक संगठन, पत्रकारहरू, सामुदायिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

    No description available.

    उपाध्यक्ष कृष्ण परियारले स्वागत मन्तव्य राखेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओलीले '२८ औं जनयुद्ध दिवस'को शुभकामना व्यक्त गर्दै सशस्त्र जनयुद्धलाई विभिन्न अर्थमा परिभाषित गरेकोमा खिन्नता प्रकट गरे l उनले 'शान्ति सम्झौता' गर्ने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला (गिरिजा बाबु ) बाँचेका भए जनयुद्धको बारेमा परिभाषा, धेरै टीका टिप्पणी गर्ने थिएनन् भन्दै अहिले उनकै पार्टीका नेताले जङ्गलीभन्दा दुःख लागेको बताए ।

    No description available.

    'हामी स्वाभाविकरूपमा युद्धमा थियौं, जंगलमा थियौं, डाँडा काँडा प्रयोग गर्यौं, त्यो रणनीतिक कुरा हो, जंगलको छेउछाउमा बस्ने गरिब, जनजाति, दलितहरूले जनयुद्धमा ठूलो त्याग, तपस्या र बलिदान गरेको कारण देशमा राजतन्त्र हटाउन सम्भव भएको हो,' ओलीले स्पष्ट पारे l 

    No description available.

    अनिल परियारले सहजीकरण गरेको कार्यक्रमलाई समापन गर्दै सभापति भण्डारीले नेपालको परिवर्तनको मुख्य आधार जनयुद्ध रहेको र यही उत्सव मञ्चले हरेक वर्ष मनाउने गरेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार