आइतबार, मंसिर ९ गते २०८१

नीताको अभिनय हेरेपछि ब्रह्मानन्दमले तारिफमा भने- ‘तिमी हिरा हौ’

नीताको अभिनय हेरेपछि ब्रह्मानन्दमले तारिफमा भने- ‘तिमी हिरा हौ’

अखबार दैनिक
सोमबार, फागुन १ २०७९
  • नीताको अभिनय हेरेपछि ब्रह्मानन्दमले तारिफमा भने- ‘तिमी हिरा हौ’

    अभिनयमा आफूलाई प्रमाणित गरिसकेकी अभिनेत्री नीता ढुंगाना अब निर्माताको रुपमा नयाँ परिचय बनाउँदैछिन् । उनले श्रीमान् हरिहर अधिकारीसँग मिलेर फिल्म ‘ह्रस्व दीर्घ’को निर्माण गरिरहेका छन् । एक हप्ता भारतको हैदराबादमा अवस्थित संसारकै ठूलो स्टूडियो मानिने रामोजी फिल्म सिटीमा छायांकन भएको फिल्मको अब एक महिनापछि आग्रामा दोस्रो चरणको छायांकन हुनेछ ।

    images

    रामोजी फिल्म सिटीमा साउथका चर्चित कलाकारहरु ब्रह्मानन्दम, अली, ‘पुष्पा’का भिलेन सुनिल वर्मा, ‘गजनी’का भिलेन प्रदीपराज रावतसँगै नेपाली कलाकारहरु नीता ढुंगाना, रविन्द्र झा, आर्दश मिश्रा, लक्ष्मी पौडेललगायतको सिन खिचिएको थियो । फिल्म छायांकनको क्रममा नीताको अभिनयबाट ब्रह्मानन्दम निकै प्रभावित भएको निर्देशक चन्द्र पन्तले फिल्मीखबरलाई जानकारी दिए ।

    चन्द्र भन्छन्, ‘ब्रह्मानन्दमले नीताको एक सिन मात्र हेर्नुभएको थियो । उहाँ यति प्रभावित हुनुभयो कि सम्पूर्ण टिमलाई राखेर नीताको तारिफ गर्नुभयो । तिमी राम्रो मात्र होइन, धेरै नै राम्रो छौं । नेपालमा यस्तो अभिनेत्री होला भनेर मैले कल्पना पनि गरेको थिइनँ । तिमी हिरा हौं भनेर ब्रह्मानन्दमले तारिफ गर्दा म आफैं भावुक भएको थिएँ । छायांकन सकिने बेला उहाँले नीतालाई गिफ्ट समेत दिनुभयो ।’

    अली र बलिउडका छायाँकार कवीरलालले पनि नीताको अभिनयको प्रशंसा गरेको चन्द्र बताउँछन् । फिल्मको प्रिमियरमा स्वास्थ्यले साथ दिएको खण्डमा ब्रह्मानन्दमले नेपाल आउने वाचा गरेको समेत उनले बताए । कवीरलाल, अली, सुनिल, प्रदीपराज भने फिल्मको नेपाल प्रिमियरमा आउने निश्चित भैसकेको उनको भनाई छ । फिल्मको सुरु र अन्त्य ब्रह्मानन्दमबाटै हुने चन्द्र बताउँछन् ।

    ब्रह्मानन्दमले ‘ह्रस्व दीर्घ’लाई पेन इन्डिया रिलिजका लागि आग्रह गरेको र साउथ सुपरस्टार अल्लू अर्जुनको कम्पनी अल्लू इन्टरटेन्मेन्टको टिमसँग छलफलका लागि समेत वातावरण मिलाइदिएको निर्देशक पन्तले बताए । अल्लू अर्जुनको कम्पनीसँग सकारात्मक कुराकानी भएको बताउँदै उनले केही समयमा फिल्मको प्रस्तुतकर्तामा भारतको ठूलो निर्माण कम्पनी जोडिन सक्ने बताएका छन् ।

    रामोजीमा एक हप्ता फिल्मको छायांकन हुँदा झन्डै २ करोड नेपाली खर्च भएको जानकारी प्राप्त छ । दोस्रो चरणमा आग्रामा छायांकन भएपछि तेस्रो चरणको छायांकन नेपालमा हुनेछ । फिल्मलाई पेन इन्डिया रिलिज र भारतको ठूलो ओटीटी प्लेटफर्ममा रिलिज गर्ने तयारीमा नीता र हरिहर जुटेका छन् । फिल्मको निर्माण लागत नेपाली ४ देखि ५ करोडको आसपासमा हुने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार