बैंकिङ्ग पहुच बढ्दै गएको हालको अवस्थामा यसको प्रयोगसंगै यसमा सतर्कता अपनाउनु पनि उतिकै आवश्यक देखिएको छ ।
साधारण बैंकिङ्ग सम्बन्धीजानकारीहरुको अभावमामानिसहरु विभिन्नझमेलामा परिरहेका छन् ।हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई,बैंकिङ्ग र डिजिटल बैंकिङ्गमाअपनाउनु पर्ने सावधानीहरुसमेटेर बैंकले “कुशल”नामकचेतनामुलक भिडियो बनाएर केन्द्रीय अनुसन्धान व्यूरोलाई हस्तान्तरण गरेको छ ।
बुधबार एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी अतिरक्त महानिरीक्षक उत्तम राज सुवेदीलाई उक्त भिडियो हस्तान्तरण गरेका थिए ।
उक्त भिडियोमा हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई विभिन्न बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतना मुलक जानकारी, घटना र कथा मार्फत प्रस्तुत गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।
उक्त भिडियो प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत देशैभरी फिजाउने तथा बैंकले विभिन्न सामाजिक संजालमार्फत समाजमा पु¥याएर चेतना बढाउन मदतगर्ने जनाएको छ ।