बिहीबार , असोज ३ गते २०८१

ऋणको कारण देखाउँदै आयल निगमले घटाएन इन्धनको मूल्य

ऋणको कारण देखाउँदै आयल निगमले घटाएन इन्धनको मूल्य

अखबार दैनिक
बुधबार, माघ ४ २०७९
  • ऋणको कारण देखाउँदै आयल निगमले घटाएन इन्धनको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको खुद्रा बिक्री मूल्य हाललाई यथावत राख्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको निगम व्यवस्थापनको बैठकले निगम सञ्चित नोक्सानी र ऋणमा रहेकाले इन्धनको खुद्रा मूल्य यथावत राख्ने निर्णय गरेको हो ।

    images

    सोमबार भारतीय आयल कर्पोरेसनबाट निगमलाई पेट्रोलको मूल्य बढेर र डिजेलको मूल्य घटेर प्राप्त भएको थियो । नयाँ मूल्य सूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेर आएको थियो भने पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको थियो ।


    निगमकाअनुसार कम्पनी अझै १७ अर्ब ३० करोड रुपैयाँ ऋणमा छ । ‘भारतीय आयल कर्पोरेसनको बक्यौता ११ अर्ब र सरकारी ऋण ७ अर्बको सावाँ र ब्याजको दायित्वमा निगम छ,’ निगमले भनेको छ, ‘उतार चढावपूर्ण अन्तर्राष्ट्रिय बजारको तेलको मूल्यका कारण पनि हाललाई खुद्रा बिक्री मूल्यलाई यथावत राखिएको छ ।’

    हाल पेट्रोल प्रतिलिटरमा १७५ रुपैयाँ, डिजेल र मटितेल १७२ रुपैयाँ लिटर खुद्रा मूल्यमा बिक्री भइरहेको छ । यस्तै खाना पकाउने ग्यासको एक सिलिण्डरको मूल्य १ हजा ८ सय रुपैयाँ छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ