बिहीबार , असोज ३ गते २०८१

सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

अखबार दैनिक
बिहीबार , पुस २८ २०७९
  • सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

    पछिल्लो दुई दिन घटेर कारोबार भएको सुनको भाउ बिहीबार पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला दुई सय रुपैयाँ बढेको हो ।

    images

    बुधबार प्रतितोला एक लाख तीन हजार दुई सय रुपैयाँ रहेको छापावाल सुनलाई बिहीबार एक लाख तीन हजार चार सय रुपैयाँ पर्नेछ । त्यस्तै, एक लाख दुई हजार सात सय रुपैयाँ रहेको तेजावी सुनलाई आज एक लाख दुई हजार नौ सय रुपैयाँ पर्नेछ । 

    यता, चाँदीको भाउमा भने सामान्य गिरावट आएको महासंघले जनाएको छ । यसअघि प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३६० रुपैयाँमा कारोबार हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ