बिहीबार , असोज ३ गते २०८१

प्रभु र सेञ्चुरी बैंकको आजदेखि एकीकृत कारोबार सुरू

प्रभु र सेञ्चुरी बैंकको आजदेखि एकीकृत कारोबार सुरू

अखबार दैनिक
मंगलबार, पुस २६ २०७९
  • प्रभु र सेञ्चुरी बैंकको आजदेखि एकीकृत कारोबार सुरू

    काठमाडौं । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंक लिमिटेड एक आपस मर्ज भई मंगलबारबाट एकिकृत कारोबार सुरू भएको छ । यी दुई बैंक एक आपसमा गाभिएपछि प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरू भएको हो ।

    images

    ग्लोबल आईएमई र बैंक अफ काठमान्डुको एकीकृत कारोबार सुरू भएको भोलिपल्ट मंगलबार प्रभु र सेञ्चुरी बैंक एक भएर कारोबार सुरू गर्दैछन् ।

    दुबै बैंकको पुस १४ गते बसेको छुट्टाछुट्टै वार्षिक साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका हुन् । यी दुई बैंक मर्जपछि चुक्ता पूँजी २३ अर्ब पुगेको छ भने कुल निक्षेप २ खर्ब ८४ अर्ब र कर्जा प्रवाह २ खर्ब ५३ अर्ब रहेको छ । ३० लाख ग्राहक संख्या रहने बैंकका ३६५ वटा शाखा रहने छन् ।

    वाणिज्य बैंकहरु एकपछि अर्को गर्दै धमाधम मर्जमा जाने क्रम तीब्र भएको छ । यसै महिना मात्रै आठ वटा वाणिज्य बैंक मर्ज भएर चार वटामा झर्ने भएका छन् ।

    यसै महिना नेपाल ईन्भेष्टमेन्ट बैंक र मेगा बैंक तथा हिमालयन बैंक र सिभिल बैंक पनि मर्ज प्रक्रिया पूरा गरी एकीकृत कारोबार गर्ने तयारीमा छन् । यसअघि नबिल र एनबीबी तथा कुमारी र एनसीसी मर्ज भईसकेका छन् । लक्ष्मी बैंक र सनराइज बैंकबीच पनि मर्ज हुने सहमति भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ