बिहीबार , असोज ३ गते २०८१

एटीएम प्रयोग गर्दा सावधानी अपनाउन राष्ट्र बैंकले गर्यो यस्तो आग्रह

एटीएम प्रयोग गर्दा सावधानी अपनाउन राष्ट्र बैंकले गर्यो यस्तो आग्रह

अखबार दैनिक
आइतबार, पुस २४ २०७९
  • एटीएम प्रयोग गर्दा सावधानी अपनाउन राष्ट्र बैंकले गर्यो यस्तो आग्रह

    नेपाल राष्ट्र बैंकले एटीएम प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । एटीएम ह्याक गरेर रकम चोरी भएको घटना यस अघि बाहिरिए पछि बैंकले एटीएमको सुरक्षित प्रयोगका लागि चार उपायसमेत सुझाएको छ ।

    images

    एटीएम प्रयोगकर्ताले आफ्नो पिनकोड गोप्य राख्ने, अपरिचित मान्छेबाट टाढै बस्ने, एटीएम प्रयोग गर्दा खाताबाट काट्यो तर पैसा आएन भने सम्बन्धित बैंकमा सम्पर्क गर्ने र आवश्यक परे बैंकका कर्मचारीबाट सम्पर्क गरी सहयोग लिँदा एटीएमको सुरक्षित प्रयोग हुने बैंकले जनाएको छ ।

    बैंकले अपरिचित वा अन्य जो कोही व्यक्तिलाई एटीएम कार्ड र पिन नम्बर सेयर नगर्न पनि आदेश दिएको छ । एटीएमबाट रकम निकाल्दा कतै क्यामेरा भएको वा नभएको तथा पिन कोड थिच्ने बेलामा कसैले देखे–नदेखेको निश्चित गर्नुपर्नेमा बैंकले जोड दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ