आइतबार, असार २३ गते २०८२

नेप्से २१ सय नाघ्यो, साढे ३ अर्बको सेयर कारोबार

नेप्से २१ सय नाघ्यो, साढे ३ अर्बको सेयर कारोबार

अखबार दैनिक
बुधबार, पुस २० २०७९
  • नेप्से २१ सय नाघ्यो, साढे ३ अर्बको सेयर कारोबार

    सेयरबजार २१ सय विन्दुमाथि पुगेको छ। बुधबार ६४.८७ अंकले बढेर २१२५.९४ विन्दुमा पुगेको हो। योसँगै आज साढे ३ अर्बको सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

    images

    २५८ कम्पनीको ८७ लाख ३३ हजार कित्ता सेयर किनबेच भएको हो। आज ५७ हजार ३१२ पटक खरिदबिक्री भएको थियो। यसअनुसार २०७ कम्पनीको सेयर मूल्य बढ्दा ५ वटाको मात्रै घटेको छ। नेप्सेका अनुसार आज ३० वटा कम्पनीका लगानीकर्ताले उच्च आम्दानी गरेका छन्। 

    ती कम्पनीको सेयर मूल्य १० प्रतिशत वा सोही हाराहारीमा बढेको हो। साल्ट ट्रेडिङ कर्पोरेसन, हिमालयन डिस्टिलरीलगायतका कम्पनीका लगानीकर्ताले ठूलो आम्दानी गरेका हुन्। 

    आज गुमाउनेले १.९९ प्रतिशतसम्म मात्रै गुमाएका छन्। त्यस्तै बजारमा आज हिमालयन डिस्टिलरीको सर्वाधिक ११ करोडको कारोबार भएको छ। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार