काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ९डीएसपी० ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको हो ।
सुन व्यापारीहरूसँग रकम असुली गरेको सूचनापछि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई आइतबार पक्राउ गरेको थियो।
प्रहरीले उनको घरबाट ३५ तोला सुन र २५ लाख नगदसमेत बरामद गरेको थियो । डीएसपी केसीले सुन व्यवसायीको सुन नियन्त्रणमा लिएर फिर्ता गर्न पैसा माग्ने गरेको आरोप लागेको छ ।