मंगलबार, कात्तिक ६ गते २०८१

२२ हजारमा डेंगी संक्रमण, सबैभन्दा धेरै काठमाडौंमा

२२ हजारमा डेंगी संक्रमण, सबैभन्दा धेरै काठमाडौंमा

अखबार दैनिक
मंगलबार, कात्तिक ६ २०८१
  • २२ हजारमा डेंगी संक्रमण, सबैभन्दा धेरै काठमाडौंमा

    काठमाडौं । यो वर्ष (सन् २०२४ जनवरीयता) देशभर डेंगी संक्रमितको संख्या २२ हजार नाघेको छ । जनवरीदेखि २१ अक्टोबरसम्म २२ हजार ८२ जनामा डेंगी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । 

    images

    यो अवधिमा संक्रमणबाट ११ जनाको मृृत्यु भएको छ । अक्टोबरका २१ दिनमा (१ देखि २१ सम्म) मात्रै ६ हजार ४४३ जना संक्रमित थपिएका छन् । 

    डेंगीबाट हालसम्म सबैभन्दा धेरै काठमाडौंबासी संक्रमित भएका छन् । काठमाडौंमा अक्टोबरका २१ दिनमा एक हजार ५२७ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ । 

    योसँगै काठमाडौंमा डेंगी संक्रमितको संख्या तीन हजार ५९४ पुगेको छ । कास्कीमा तीन हजार १८८, तनहुँमा दुई हजार १९५ ,पर्वतमा एक हजार ५८८ र चितवनमा एक हजार २० जना संक्रमित भएका छन् ।

    यी बाहेक अन्य जिल्लामा संक्रमितको संख्या एक हजारभन्दा कम छ । यो वर्ष हुम्लाबाहेकका ७६ जिल्लामा डेंगी फैलिएको ईडीसीडीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ