मंगलबार, जेठ ८ गते २०८१

शिक्षा क्षेत्रलाई व्यंग्य गर्दै आर्ट काउन्सिलमा कार्टुन प्रदर्शनी

शिक्षा क्षेत्रलाई व्यंग्य गर्दै आर्ट काउन्सिलमा कार्टुन प्रदर्शनी

अखबार दैनिक
मंगलबार, पुस १२ २०७९
  • शिक्षा क्षेत्रलाई व्यंग्य गर्दै आर्ट काउन्सिलमा कार्टुन प्रदर्शनी
     
    काठमाडौं। नेपाल कला परिषद् बबरमहलमा नेपालमा शिक्षाको अवस्थाबारे कार्टुन प्रदर्शनी भएको छ ।

    परिषद्मा नेपालको वर्तमान शिक्षा अवस्थाको बारेमा कार्टुन प्रदर्शनी गरिएको हो । शिक्षा क्षेत्रलाई ब्यंग्य गर्दै कार्टुन प्रदर्शनी सुरु भएको हो । रुपान्तरण सहितको सार्वजनिक शिक्षा सम्मेलन २०७९ मा कार्टुनिष्टहरुले बनाएका विभिन्न शिक्षासम्बन्धी कार्टुनहरुलाई परिषद्मा प्रदर्शनमा राखिएको छ । प्रदर्शनीमा राखिएका हरेक कार्टुनले शिक्षाका नीति नियम, शिक्षा क्षेत्रका सरोकारवाला एवं शिक्षा क्षेत्रमा देखिएका विसंगतीलाई व्‍यंग्य गरेका छन् ।

    images

    प्रदर्शनमा शिक्षा सम्बन्धित विभिन्न कार्टुनहरु राखिएको छ । नेपालको शिक्षा अवस्था र उच्च शिक्षाका लागि विदेशमा जानुपर्ने नेपाली विद्यार्थीहरुको बाध्यतालाई कार्टुनमा चित्रण गरिएको देख्न सकिन्छ । साथै कार्टुनमा नेपालका शहरीया क्षेत्रको शिक्षा अवस्था र गाउँको शिक्षा अवस्थालाई पनि देखाइएको छ ।

    हेर्नुहोस् थप तस्वीरहरु : 

     

      

     

              

    प्रतिक्रिया दिनुहोस

    थप समाचार