शुक्रबार, कात्तिक २३ गते २०८२

विश्वकै वृद्ध राष्ट्रपतिले लिए ९२ वर्षको उमेरमा शपथ

विश्वकै वृद्ध राष्ट्रपतिले लिए ९२ वर्षको उमेरमा शपथ

अखबार दैनिक
शुक्रबार, कात्तिक २३ २०८२
  • विश्वकै वृद्ध राष्ट्रपतिले लिए ९२ वर्षको उमेरमा शपथ

    काठमाडौं । ४३ वर्षदेखि क्यामरूनको सत्ता सम्हाल्दै आएका पल बियाले बिहीबार पुनः राष्ट्रपति पदको शपथ लिएका छन् । यो उनको राष्ट्रपतिको रूपमा लगातार आठौँ कार्यकाल हो । मध्यअफ्रिकी देशका ९२ वर्षीय पल बिया अब सात वर्षसम्म देशको प्रमुख रहनेछन् । उनी बाँचिरहेको अवस्थामा ९९ सय वर्षको उमेरसम्म क्यामुरुनको राष्ट्रपति पदमा रहनेछन् ।

    आफ्नो शपथग्रहण सम्बोधनमा विश्वकै सबैभन्दा वृद्ध राष्ट्रपतिले विरोध प्रदर्शनका क्रममा मारिएका पीडितहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै अशान्तिको लागि गैरजिम्मेवार राजनीतिज्ञहरूलाई दोष दिए ।
    उनले भने, “म तपाईंहरूलाई के आश्वासन दिन सक्छु भने व्यवस्था कायम हुनेछ ।” उनले देशलाई संटमा धकेल्नु व्यर्थ भएको बताए ।

    गत महिना भएको निर्वाचनका क्रममा उठेका धाँधलीका आरोपहरूको बावजुद राष्ट्रपति बियाले निर्वाचन प्रक्रियालाई सन्तोषजनक भनेका थिए । 

    क्यामरूनमा निर्वाचनको समयमा ठूलो विरोध प्रदर्शन भएको थियो । प्रदर्शनमा सरकारी दमन हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको थियो । १२ सय भन्दा बढी व्यक्ति पक्राउ परेको देशको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । 

    अक्टोबर १२ मा सम्पन्न निर्वाचनमा बियाले ५३.७ प्रतिशत मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी इसा चिरोमा बाकरीले ३५.२ प्रतिशत मत पाएका थिए ।
    चिरोमा बाकरीले आफू नै चुनावको वास्तविक विजेता भएको अडान लिँदै आएका छन् । उनले निर्वाचन अधिकारीहरूलाई धाँधलीको आरोप लगाएका छन् । यो आरोपलाई सरकारले अस्वीकार गर्दै आएको छ ।

    चिरोमा बाकरी पहिले बियाका सहयोगी र सरकारमा मन्त्री रहिसकेका छन् । यद्यपि, यसपटक विपक्षीका रूपमा उभिएका बाकरीले अप्रत्याशित रूपमा युवाहरूलाई आन्दोलित र परिवर्तनका लागि उत्साहित पारेका छन् ।  सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएपछि पल बिया क्यामरूनका दोस्रो राष्ट्रपति बनेका थिए । बीबीसी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ