सोमबार, वैशाख २४ गते २०८१

सरकार बनाउने सुविधा गठबन्धनलाई, यस्तो छ अंकगणित

सरकार बनाउने सुविधा गठबन्धनलाई, यस्तो छ अंकगणित

अखबार दैनिक
सोमबार, मंसिर १२ २०७९
  • सरकार बनाउने सुविधा गठबन्धनलाई, यस्तो छ अंकगणित

     

    images


    काठमाडौँ । अन्तिम चरणमा मतगणना पुग्दा प्रदेश सभामा सत्ता साझेदार पाँच दलबीच सरकार गठन हुने सम्भावना देखिएको छ । निर्वाचनको अन्तिम परिणाम आउन बाँकी रहे पनि प्रदेश सभातर्फ निर्वाचित सांसद् सङ्ख्या र समानुपातिक मतका आधारमा सत्ता साझेदार दलहरूबीच संयुक्त सरकार गठन हुने देखिएको हो ।


    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासँगै चुनावी गठबन्धनमा आएको लोकतान्त्रिक समाजवादी पार्टीले मंसिर ४ गतेसम्म निर्वाचनको नतिजाअनुसार सुविधाजनक बहुमत प्राप्त गरेका छन् । नेकपा एमालेले केही प्रदेशमा प्रत्यक्ष र समानुपातिकमा अग्रता लिइरहेको छ ।


    तर सत्ता साझेदार दलबीचको समझदारीअनुसार प्रदेश सरकार गठन हुँदा एमाले प्रतिपक्षमै बस्नु पर्नेछ । २०७८ असार २९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि सत्ता साझेदार दलहरूको संयुक्त सरकार सञ्चालन हुँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार