सोमबार, वैशाख ३० गते २०८२

युद्धविराम कायम राखेकोमा ट्रम्प खुसी

युद्धविराम कायम राखेकोमा ट्रम्प खुसी

अखबार दैनिक
आइतबार, वैशाख २९ २०८२
  • युद्धविराम कायम राखेकोमा ट्रम्प खुसी

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायम राखेकोमा भारत र पाकिस्तानको प्रशंसा गरेका छन्। आइतबार ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा एक पोस्टमा भने, ‘म भारत र पाकिस्तान दुवैको बलियो र दृढ नेतृत्वमा धेरै गर्व गर्छु। उनीहरूले सही समयमा बुद्धि र साहस देखाएर यो द्वन्द्व रोक्ने निर्णय गरे किनभने यो द्वन्द्वले लाखौँ निर्दोष मानिसहरूको मृत्यु र ठुलो क्षति निम्त्याउन सक्थ्यो।’ ट्रम्पले अमेरिकाले यो ऐतिहासिक निर्णयमा पुग्न मद्दत गर्न सक्षम भएकोमा गर्व रहेको जिकिर गरे । आफ्नो पोस्टमा उनले भारत र पाकिस्तानसँगको व्यापार बढाउने बारेमा पनि कुरा गरेका छन्।

    images

    यसका साथै ट्रम्पले भारत र पाकिस्तानसँग मिलेर कश्मीर मुद्दाको शान्तिपूर्ण समाधान खोज्ने बारेमा पनि कुरा गरेका छन्। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ