वैशाख २८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सरकारको परराष्ट्र र श्रम मन्त्रालयले पछिल्लो समय कुनै काम नगरेको बताएका छन् ।
आइतबार प्रतिनिधि सभामा बोल्दै उनले भने, ‘पछिल्लो पटक भारत र पाकिस्तानको युद्धमा पनि नेपाली नै मरे, रुस र युक्रेनको युद्ध भयो । नेपाली नै मरे । प्यालेस्टाइन र इजराइलको युद्धमा पनि नेपाली नै मरे । यो कस्तो गरिबी हो यो कस्तो बेरोजगारी हो । सरकार मौन छ ।’
‘आज हामी सांसदहरु, प्रधानमन्त्री, मन्त्री, कर्मचारी सबैको तलब विदेशमा बसेकाहरूले पठाएको रेमिट्यान्सबाट प्राप्त भएको छ । हामीले नुनको सोझो गर्नुपर्छ नि पर्दैन र । यहाँ श्रम र परराष्ट्र मन्त्रालय छ तर आज कति नेपालीहरू ठगीमा परेका छन् । यदि मन्त्रालयको काम हुँदैन भने मन्त्रालयको काम छैन,’ उनले भने ।