बुधबार, कात्तिक १४ गते २०८१

गण्डकी प्रदेशका मन्त्री आचार्य बर्खास्त

गण्डकी प्रदेशका मन्त्री आचार्य बर्खास्त

अखबार दैनिक
मंगलबार, कात्तिक २२ २०७९
  • गण्डकी प्रदेशका मन्त्री आचार्य बर्खास्त

    कार्तिक २२ गण्डकी । गण्डकी प्रदेशका ऊर्जा, जलस्रोतमन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरिएको छ ।

    images

    मन्त्री आचार्यलाई बर्खास्त गरेको मुख्यमन्त्री कार्यालय स्रोतले जानएको छ । आचार्यलाई बर्खास्त गरिएको मात्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको बताइएको छ । 


    मन्त्री आचार्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोप लागेपछि मुख्यमन्त्रीले हटाएका हुन् । आचार्यले एमालेका लागि मत मागेको आरोप लागेको थियो । 

    गोर्खा-२ का आचार्य २०७४ सालमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबाट गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए ।  बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका आचार्य प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ (क) बाट उम्मेदवारको आकांक्षी थिए ।

    नेपाल समाजवादी पार्टीबाट फणिन्द्र देवकोटालाई प्रदेशसभा सदस्य उम्मेदवार बनाएपछि आचार्यले स्वतन्त्र उम्मेदवारी दिएपनि पछि फिर्ता लिएका थिए ।

    आचार्य तत्कालिन जसपाको कोटाबाट गण्डकी प्रदेश सरकारमा उर्जामन्त्री बनेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार