बुधबार, कात्तिक १४ गते २०८१

विद्यार्थी नपाएपछि सीटीईभीटीद्वारा पुनः आवेदन माग

विद्यार्थी नपाएपछि सीटीईभीटीद्वारा पुनः आवेदन माग

अखबार दैनिक
मंगलबार, कात्तिक २२ २०७९
  • विद्यार्थी नपाएपछि सीटीईभीटीद्वारा पुनः आवेदन माग

    काठमाडौं । शैक्षिक सत्र २०७९–८० मा सञ्चालन गरिने शैक्षिक कार्यक्रमहरूमा पूर्ण शुल्कतर्फ आवश्यक विद्यार्थीले आवेदन नदिएपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले पुनः प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ । 

    images


    प्रमाणपत्र तहका डिप्लोमा इन फार्मेसी, प्रमाणपत्र तह सामान्य चिकित्सा र प्रमाणपत्र तह नर्सिङबाहेकका स्वास्थ्य तर्फका कार्यक्रमहरूमा पूर्ण शुल्क तर्फका सिटहरू रिक्त रहेपछि पुनः प्रवेश परीक्षाको लागि आवेदन माग गरेको हो ।  

     

    सीटीईभीटी परीक्षा समितिको १८ कात्तिकको बैठकले पूर्ण शुल्क तर्फ रिक्त रहेका सिटहरूमा पुनः प्रवेश परीक्षा लिई भर्ना गर्ने र सम्बन्धित शिक्षण संस्थाले अतिरिक्त कक्षाहरू सञ्चालन गरी पठनपाठन अनिवार्य रूपमा शैक्षिक कार्यतालिका अनुसार व्यवस्थापन गर्ने गरी पुनः आवेदन आह्वान गर्ने निर्णय गरेको थियो । 


    परीक्षा नियन्त्रक यमप्रसाद भुर्तेलले विद्यार्थी कम हुनुका साथै सीटीईभीटीको निर्देशिका अनुसार पुनः प्रवेश परीक्षाका लागि आवेदन माग गरिएको बताए ।  ‘अहिले अपग्रेटबाट पनि केही विद्यार्थी आएका छन् । योग्यता पुगेका व्यक्तिहरूले २७ कात्तिक २०७९ भित्र आवेदन फारम भर्न अनुरोध गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार