शुक्रबार, वैशाख २१ गते २०८१

‘प्रधानमन्त्री’ छान्ने कि प्रधानमन्त्रीका सल्लाहकार ?

‘प्रधानमन्त्री’ छान्ने कि प्रधानमन्त्रीका सल्लाहकार ?

अखबार दैनिक
शुक्रबार, असोज १४ २०७९
  • ‘प्रधानमन्त्री’ छान्ने कि प्रधानमन्त्रीका सल्लाहकार ?

    असोज १४ काठमाडौं । लेलानी पौडेल  : म सानो उमेरको मान्छे हुँ । मेरो उमेर भर्खर भोट हाल्ने बेलाको भयो । यो बेलामा मेरा अगाडि भोट हाल्ने-नहाल्नेदेखि कसलाइ भोट हाल्नेसम्म दर्जन धेरै विकल्पहरू उपस्थित छन् । संयोगले काठमाडौँ क्षेत्र नं ४ वासी भएकाले मसँग नेका महामन्त्री गगन थापा र केपि ओली निकट नेता राजन भट्टराइ गरी दुइ चलेका नेतासहित केही स्वतन्त्र अनुहारहरू मैदानमा देख्छु । यिनै मध्येबाट मैले राम्रो को हो रु भनेर छान्नु पर्नेछ । यो सजिलो काम होइन । मेरोजस्तो सानो उमेरको वा भर्खर भोट हाल्ने उमेरको मानिसलाइ बाआमाले चासो राखेको उम्मेदवार छानिदिने सजिलो विकल्पसँगै आफैले को राम्रो रु भनेर पर्गेल्ने एक अवसर छ । यही अवसरसँग मेरो अनुभूतिलाइ लेखमार्फत उतारेको छु ।

    images

     

    इन्टरनेटको सहजतालाइ हामीले राम्ररी उपयोग गर्ने हो भने विश्वभरका यावत् विषयसँग साक्षात्कार गर्न सकिन्छ । मैले पनि विश्व राजनीतिका केही पक्षलाइ पछिल्ला केही महिनादेखि जानी नजानी नियाल्ने प्रयास गरिरहेको छु । राजनीति भनेको के हो ? यसको आयामदेखि आयतनसम्मका कुरा हामी इन्टरनेटमार्फत थाहा पाउन सक्छौँ । जिज्ञासाका साथमा अंग्रेजी भाषा बुझ्ने सहजता भने हामीसँग हुनुपर्छ । 

     सन् २०१३ को सेप्टेम्बर महिनामा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले आफू भारतीय जनता पार्टीको तर्फबाट आगामी प्रधानमन्त्रीको रुपमा उम्मेदवारी दिने घोषणा गरे । हिन्दुवादी नेताको रुपमा रहेका मोदी चियावालाको छविका कारण भारतभर चर्चित थिए । गुजरातको मुख्यमन्त्री बन्दा काम गरेर देखाएका मोदीसँग हिन्दुवादी जनताहरु धेरै आशावादी थिए भने हिन्दुविरोधीहरु यो घोषणाबाट रुष्ट भए । 

    केही समयपछि चुनाव भयो । जसमा देशभरबाट मोदीको पक्षमा बहुमत आयो । उनी प्रधानमन्त्री भए । उनको दुई कार्यकालको शासनमा भारतमा उनीभन्दा पहिलेसम्म शासनसत्ता सम्हालेको काँग्रेस आईको हालत रसातलमा पुगेको छ भने भाजपाको देशभर स्थिति उल्लासपूर्ण बनेको छ । साथै, १० वर्षमा भारतले मोदीकै नेतृत्वमा विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने मौका पनि पाएको छ । 

    भारतमा मात्रै होइन विश्वका अधिकांश मुलुकहरुमा नयाँ आम चुनावमा एउटा चर्चित अनुहारलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर चुनावी अभियानमा गइन्छ । जनताले पार्टीभन्दा पनि त्यो व्यक्तिको व्यक्तित्व हेरेर भोट हाल्ने/नहाल्ने भएकोले चर्चित र सम्भावना बोकेका व्यक्तिलाई चुनावमा अघि सार्ने गरिन्छ । यो विश्वभरका प्रजातान्त्रिक मुलुकको अभ्यास हो । 

    गत असार पहिलो साता नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू देशको प्रधानमन्त्री बन्न योग्य भएको भन्दै अब हुने प्रतिनिधिसभाको निर्वाचनपछि प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने समेत बताए । कान्तिपुर टेलिभिजनको एक कार्यक्रममा उनले दिएको यस्तो अभिव्यक्ति दिएपछि मुलुकभर यो घोषणले हंगामा मच्चायो । उनले अब यस विषयमा सोच्ने मात्र नभएर प्रयाससमेत गर्ने बताएका छन् । ‘कहाँ सोच्ने मात्र यसपालि त प्रयास गर्ने हो,’ उनले भनेका छन्, ‘सकिन्छ सकिँदैन थाहा छैन तर प्रयास अवश्य गर्छु ।’

    उनले प्रधानमन्त्रीमा उम्मेदवारी दिने भनेपछि पहिलो पुस्ताका नेताहरु उनीविरुद्ध रणनीतिक रुपमा लागिपरेका छन् भने युवापुस्तामा नयाँ आशा पलाएको छ । धेरैले गगन प्रधानमन्त्रीको लागि योग्य रहेको भन्दै पहिलो पुस्ताका नेताहरुलाई उनले मात्रै पराजित गर्न सक्ने बताउँदै आएका छन् । उनले प्रोजेक्ट गभर्मेन्ट परियोजनामार्फत् राज्यको कुन विषयमा कस्तो एजेण्डा बनाएर अघि बढ्न सकिन्छ ? भन्नेबारेमा समेत रणनीति बनाएरहेकोले पनि धेरैले उनलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहिरहेका छन् । स्वास्थ्यमन्त्री हुँदा गरेको राम्रो कामले गर्दा पनि उनी अब प्रधानमन्त्रीको लागि योग्य छन् भन्ने पुष्टि भएको छ । 

    ‘प्रधानमन्त्री’ छान्ने कि प्रधानमन्त्रीका सल्लाहकार ?
    अहिले काठमाडौं क्षेत्र नं ४ मा दुई जना राष्ट्रिय नेताहरुबीच भीडन्त हुँदैछ । एकजना आफैं प्रधानमन्त्री बन्छु भन्ने घोषणा गरेर चुनावमा होमिएको उम्मेदवार छन् भने एकजना प्रधानमन्त्रीका सल्लाहकार बनिसकेका व्यक्ति छन् । एमाले नेता डा.राजन भट्टराई प्रधानमन्त्री ओलीको प्रधानमन्त्रीकालमा परराष्ट्र सल्लाहकार बनेका थिए । उनमा प्रधानमन्त्रीको सोचाइसम्ममा पुग्ने छाँट म देख्दिन, सायद उनी पनि छैनन् । दुवै उम्मेदवारको पार्टीमध्ये एक पार्टीले प्रधानमन्त्री पाउने सम्भावना धेरै छ । काठमाडौं क्षेत्र नं ४ वासीलाई मंसिर ४ मा प्रधानमन्त्रीका उम्मेदवार छान्ने कि प्रधानमन्त्रीका सल्लाहकार छान्ने भन्ने रोजाइ मिल्ने भएको छ । 

    नेकपा एमालेले बहुमत ल्याएको खण्डमा प्रधानमन्त्रीमा केपी ओली बन्ने निश्चित छ । केपी ओली प्रधानमन्त्री बनेको खण्डमा फेरि पनि परराष्ट्र सल्लाहकार हुने सम्भावना भट्टराईकै बढी छ । किनभने उनी अहिले पनि एमालेको विदेश विभाग प्रमुख हुन्। त्यसैले काठमाडौं.क्षेत्र नं ४ मा प्रधानमन्त्रीका उम्मेदवार र प्रधानमन्त्रीका सल्लाहकारको उम्मेदवारबीच भिडन्त हुँदै छ । आफ्नो क्षेत्रको प्रतिनिधि प्रधानमन्त्री बनोस् भन्ने चाहने कि प्रधानमन्त्रीका सल्लाहकार बनोस् ? भन्ने चाहने भन्ने यही क्षेत्रवासीको हातमा छ । 

    (काठमाडौं खबर)

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ