शुक्रबार, कात्तिक २ गते २०८१

प्राकृतिक बिपत्तिको पुनर्निर्माण नेपाली सेनालाई देऊ

प्राकृतिक बिपत्तिको पुनर्निर्माण नेपाली सेनालाई देऊ

शुक्रबार, असोज १८ २०८१
  • प्राकृतिक बिपत्तिको पुनर्निर्माण नेपाली सेनालाई देऊ

    यहि असोज ११ र १२ गतेको घनघोर, भिषण, अतिवर्षाका कारण मुख्यतः काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, गोरखा, सिन्धुली, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, दोखला, रसुवा, सोलुखुम्बु, खोटाङ, ईलाम, सुनसरी, ओखलढुंगा लगायतका जिल्लामा ठूलो मात्रामा जन धनको क्षति भएको छ । दसैको मुखमा भएको वर्षाका कारण हालसम्म नेपाल प्रहरीको विवरण अनुसार दुई सयभन्दा बढि मानिसको मृत्यु भएको छ । धेरैको संख्यामा घाइते भएका छन् भने धेरै नागरिक बेपत्ता छन् । सडक, पुल, खेतबारी, भवन, विद्यालय भत्तिकएका छन् । 

    images

    काठमाडौंको नागढुंगा नजिकैको झ्याप्ले खोलमा पहिरोले यात्रुबाहक बस पुर्दा ३० जना भन्दा बढिको ज्यान गएको छ । काभ्रेको रोशी खोलाले बिपी राजमार्गको केही भाग बगाउँदा यातायात अवरुद्ध भएको छ । सुनकोसी नदीले सिन्धुलीको सुनकोसी गाउँपालिकाको मुल्कोटका होटल, रिसोर्ट, धानखेत डुबानमा पारेर नष्ट गरेको छ । त्यसैगरी सुनकोसी नदीले सिन्धुलीको गोलन्जोरस्थित खुर्कोटमा सिन्धुली–रामेछाप जोड्ने पक्की पुल बगाएको छ । त्रिशुली नदीमा आएको बाढीले धेरै झोलुंगे पुलहरु बगाएको छ भने कतिपय पुलको अवस्था निकै नाजुक छ । ओखलढुंगा–उदयपुर जोड्ने पुल पनि सुनकोसी नदीमा आएको बाढी बगाएको छ । देशका धेरै स्थानमा बाढीले हानी, नोक्सानी पु¥याएको तथ्यांकहरु सरकारले संकलन गर्दैछ ।
    सरकारले तत्काल राहत र उद्धारमा जति काम गर्नुपथ्र्यो त्यति गर्न सकेको देखिँदैन । देशका प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको कार्यक्रममा देश बाहिर रहेका बेला भएको यो प्राकृतिक बिपत्तिमा कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले खोज तथा उद्धारमा जति तदारुकताकासाथ काम गर्नुपथ्र्यो त्यति गर्न नसकेको जनताले महसुश गरेका छन् । देशको राजधानी काठमाडौंको नागढुंगा नजिकै झ्याप्ले खोलाले चारवटा यात्रुबाहक बस पुर्दा र त्यसमा सबार यात्रुले आफूहरुको उद्धारका लागि गुहार माग्दासमेत प्रहरी प्रशासन त्यहाँ समयमै पुग्न नसक्नु र ३० जना भन्दा बढि नागरिकले ज्यान गुमाउनु गृहमन्त्रीको लाचारी एवम् कमजोरीपना हो ।

    मौसम पूर्वानुमान महाशाखाले अतिभारी वर्षाको सम्भावना रहेको भन्दा भन्दै र सरकारी प्रशासनले दुई दिन रातीको समयमा सबारी साधान नचलाउन सूचना जारी गर्दा गर्दै नागरिकको सुरक्षार्थ सडकमा खटिएका नेपाल प्रहरीका कर्मचारी तथा अन्य सुरक्षा निकायका अधिकारीहरुले निर्वाध रुपमा सबारी साधन रातको समयमा चल्न दिनु र यातायात व्यवसायीहरुले पनि सरकारी सूचना तथा निर्देशनको पालना नगर्नु गम्भीर त्रुटी देखिन्छ । हिन्दू नेपालीहरुको महान पर्व दसैँ हाम्रो घर आँगनमा भित्रिन लागिसकेको छ । यसैबेला सडक तथा यातायात अवरुद्ध भएको मौका छोपेर कालोबजारीहरुले आफूखुसि दैनिक उपभोग्य सामागग्रीको भाउ बढाउने र कृत्रिम अभाव सिजर्ना गर्ने काम सुरु गरेका छन् । यसका लागि सरकारी निकायले तत्काल बजार अनुगमन गर्न आवश्क छ । साथै बिग्रिएका सडक पुनर्निर्माण गर्न सरकारले ब्यारेकमा बेकामे भएर बसेका नेपाली सेनालाई तत्काल खटाउनु पर्छ । सेनालाई चाहिने सम्पूर्ण भौतिक सामाग्रीहरु उपलब्ध गराएर खटाउने हो भने एक हप्तामा उसले सडकहरु अस्थायी रुपमा गाडी चलाउन सक्ने बनाउँछ ।

    सरकाले गफ मात्र गर्ने होइन, यतिबेला काम गर्ने हो । त्यसैगरी सरकारको प्रतिपक्षि दल नेकपा (माओवादी) केन्द्रले पनि सरकारको आलोचना गरेर बस्ने होइन, प्रत्यक्ष रुपमा जनताका काम गरेर जनतको मन जित्ने बेला यही हो । माओवादीले त झन आफूलाई यो परीक्षामा पास हुनका लागि आफ्नो पार्टी निकटका ठेकेदार, उद्योगी, व्यवसायी आदिका जोजर लगायका निर्माण सामाग्री लिएर निःशुल्क रुपमा देश र जनताका काम गर्नुपर्छ । माओवादीले यो प्राकृतिक बिपत्तिलाई रुपान्तरण अभियानका रुपमा अगाडि बढाउँदा यसले दीर्घकालीन रुपमा राम्रो नतिजा निकाल्नेमा दुईमत नरहला !
    लेखक : फणीन्द्र फुयाल ज्वाला 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ