सोमबार, असोज २८ गते २०८२

उदयपुरमा गुडिरहेको कारमा आगलागी

उदयपुरमा गुडिरहेको कारमा आगलागी

अखबार दैनिक
सोमबार, असोज २८ २०८२
  • उदयपुरमा गुडिरहेको कारमा आगलागी

    उदयपुरमा गुडिरहेको कारमा आज (सोमबार) बिहान अचानक आगलागी भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गतको अधेरी सडकखण्डमा इलामबाट काठमाडौं तर्फ आइरहेको   बा ९ च ४६६८ नम्बरको कारमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार उक्त  उदयपुरगढी गाउँपालिका वडा नं.७ मा अचानक कारमा आगलागी भएको हो । 

    कारमा एकै परिवारका चार जना सवार थिए । डिएसपी दोङका अनुसार आज बिहान ९ः५० को समयमा गुडिरहेको कारमा आगलागी भएको हो ।  आगलागीबाट मानवीय क्षति भएको छैन । कारमा सवार ७ वर्षको बच्चाको बायाँ खुट्टामा सामान्य चोट लागेको छ’ । उनका अनुसार घाइते बालकको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । तेल लिक भएर कारमा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ