१५ भदौ, काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित भएको छ ।
बुधबार बसेको समिति बैठकले प्रतिनिधिसभाबाट पारित भएको विधेयकलाई छलफलपछि हुबहु पारित गरेको समितिका सचिव मनोज गिरीले जानकारी दिए ।
विधेयकमा नेकपा एमालेले लिखित अहसमति राखेको छ । यद्यपि समितिमा सत्तारुढ गठबन्धनमा रहेका दलको बहुमत रहेकाले विधेयक पारित भयो ।
अब समितिले आफ्नो प्रतिवेदनसहित राष्ट्रियसभामा पेश गर्नेछ । राष्ट्रियसभाको बैठक बिहीबार नै बस्दैछ ।