विरेन्द्रनगरस्थित गंगामाला देउती बज्यै (देवी)को मन्दिर धार्मिक आस्थाको केन्द्रसँगै धार्मिक पर्यटकीय गन्तव्यका रूपक विकास भएको छ । सुर्खेत पुुग्ने पर्यटकले नछुटाउने गन्तव्यका रूपक चासो र चर्चा कमाइरहेको यो मन्दिर कर्णाली प्रदेशभित्रका महत्वपूर्ण तीर्थस्थलमध्येमा पर्दछ ।
देउती बज्यै (देवी)को मन्दिर निकै चर्चित र पुरानो मन्दिरका रूपक रहेको पुजारी अनिशा राजीले जानकारी दिनुुभयो । मन्दिरमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेको उहाँले बताउनुुभयो ।
यस मन्दिरको उत्पत्तिका सम्बन्धमा रोचक किंवदन्ती रहेको छ । एक जना राजी र बालिकासँग सम्बन्धित किंवदन्ती बढी रूपक प्रचलित छ । किंवदन्तीअनुुसार प्राचीन कालमा यस क्षेत्रमा राजी (जात) परिवारका मानिस बस्ने गर्दथे । उनीहरूको मुख्य पेशा तथा व्यवसाय माछा मार्ने थियो । एक जना राजीले मन्दिरको पूर्वदक्षिणस्थित भेरी नदीमा एउटी बालिका नदीमा बग्दै आएको देखेछन् । राजीले उनलाई घरमा ल्याई पालनपोषण गरेछन् । उनको नाम गंगामाला राखिएछ । पछि कन्याको उमेर बढ्दै गएपछि विवाहको तयारी गरिएछ । विाहका लागि बर खोजेर विवाहमण्डपमा ल्याउने भन्दा एकाएक ती गंगामाला हराइछन् । पछि आकाशवाणी भएछ । तिनै गंगामालाले ‘म देउती बज्यै (देवी) हुँ, मलाई कुनै दुःख पर्दा सम्झनू । मेरो वाहन सिंहलाई पशुवलि दिनुु । ’ भनिछन् र सो स्थानमा गंगामाला भगवतीको मन्दिर बनाई ‘देउती बज्यै’ का रूपक मूर्ति राखी पूजाआजा गरिदै आइएको छ । मन्दिरका सम्बन्धमा अन्य विभिन्न किंवदन्ती पनि पाइन्छ । मन्दिरमा राजी परिवारबाट नियमित पूजाआजा हुँदै आएको छ ।
मनले चिताएको पुुग्ने विश्वासका साथ देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेको मन्दिरका पूजारी अनिशा राजीले जानकारी दिनुुभयो । उहाँका अनुसार हाल मन्दिरमा पाँचवटा राजी परिवारका सदस्यले पालो लगाएर पूूजाआजा गर्दै आएका छन् ।
देउती बज्यै मन्दिर व्यवस्थापन समितिका कर्मचारी सर्वराज विसीका अनुुसार मन्दिर परिसरमा मूल देउती बज्यैको मन्दिरसहित गणेश, शिव, दुर्गाको मन्दिर आदि रहेका छन् ।तीन सय वर्षभन्दा पुरानो अनुमान गरिने यस मन्दिर परिसर कुल १० कठ्ठा क्षेत्रमा फैलिएको उहाँले जानकारी दिनुुभयो ।
मन्दिर व्यवस्थापन समितिको अध्यक्ष स्थानीय तहका प्रमुख हुने प्रचलन रहेको छ । साविक लाटिकोइली गाविसमा रहेको यस मन्दिर अहिले बिरेन्द्रनगर नगरपालिका नं १० मा पर्ने र यहाँको अध्यक्ष नगरपालिकाका प्रमुख रहनुुभएको विसीले जानकारी दिनुुभयो ।
नगरपालिकाले यहाँका विभिन्न पूर्वाधार विकासका लागि सहयोग गरेको उहाँले जानकारी दिनुुभयो ।सामान्य पूजासहित बली पूजा हुने यस मन्दिरमा आइतबार, एकादशी, औँशी, साउन महिना र सोह्र श्राद्धका समयमा बाहेक अन्य समयमा बली पूजा हुने गर्दछ ।मन्दिरमा बलि पूजाका लागि एउटा बली दिए वापत समितिमा एक सय रुपैयाँको रसिद शुल्क बुुझाउनुुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै मोटरसाइकल पूजा गरेको दुुई सय रुपैयाँ, सानो गाडी पूजा गरेको रु ५०० तथा ठूला गाडी पूजा गरेको एक हजार रुपैयाँ शुल्क बुुझाउनुु पर्ने व्यवस्था गरिएको छ ।
राजी समूदायका पाँच परिवारले पालै पालो यहाँको पूजा गर्ने गरेको बताउँदै विसीले पालो पर्दाको दिनमा जम्मा भएको दान तथा सहयोगमध्ये अक्षतालगायत पूजा खर्च कटाएर ५०/५० प्रतिशत पूजारी तथा समितिमा भाग लगाउने प्रचलन रहेको जानकारी दिनुुभयो ।समितिले मन्दिरको व्यवस्थापनका लागि तीन जना कर्मचारी राखेको उहाँले जानकारी दिनुुभयो ।
मन्दिरमा देशका विभिन्न भागबाट विभिन्न भाकलका साथ दर्शनार्थी आउने पुजारी परिवारका अर्का सदस्य नानुमाया राजी बताउनुुहुन्छ । विशेष चाडपर्व र तिथिमा यहाँ भक्तजनको ठूलो भीड लाग्ने गरेको उहाँले बताउनुुभयो । विभिन्न रोजगारी प्राप्तीसहित मनले चिताएको कुरा पुग्ने विश्साका कारण मन्दिर प्रतिको धार्मिक आस्था झन् झन् बढीरहेको उहाँले जानकारी दिनुुभयो । देशका विभिन्न भागबाट सुर्खेत घुम्न आउने भ्रमण टोलीले पनि नछुटाउने गन्तव्यका रूपक देउती बज्यै देवीको मन्दिर पर्ने गरेको उहाँको भनाइ छ ।
हालै पर्यटकीय राजधानी पोखराको लेखनाथ क्षेत्रका होटल तथा रेष्टुरेन्ट एशोसिएसनमा आवद्ध व्यवसायी एवम् पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधिले देउती बज्यै देवी मन्दिरको स्थलगत अवलोकन भ्रमण गरेको एशोसिएसनका सल्लाहकार एवम् पोखरा भ्रमण वर्ष २०२५ का कार्यसम्पादन समितिका सह संयोजक दामोदरभक्त थापाले जानकारी दिनुुभयो ।
एशोसिएसनको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा ३७ सदस्यीय टोलीले ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रमका साथ देउती बज्यै देवी मन्दिरसहित यहाँका धार्मिक, ऐतिहासिक एवम् प्राकृतिक पर्यटकीयस्थलको प्रवद्र्धनात्मक भ्रमण एवम् पर्यटन सम्बद्ध निकायका प्रतिनिधिसँग अन्तरक्रिया गरिएको उहाँले बताउनुुभयो ।
“धार्मिक महत्वका यस्ता मन्दिरलाई धार्मिक पर्यटनसँग जोड्नुु आवश्यक छ”, उहाँले भन्नुुभयो, “हाम्रा यस्ता धार्मिक महत्वका स्थललाई संरक्षण एवम् प्रवद्र्धन गरी धार्मिक पर्यटकीय गन्तव्यका रूपक विकास गर्न सकिन्छ ।” रासस
