बिहीबार , कात्तिक २२ गते २०८२

एन्फामा पारदर्शिता र जवाफदेहिता माग्दै खेलाडीको धर्ना

एन्फामा पारदर्शिता र जवाफदेहिता माग्दै खेलाडीको धर्ना

अखबार दैनिक
बिहीबार , कात्तिक २२ २०८२
  • एन्फामा पारदर्शिता र जवाफदेहिता माग्दै खेलाडीको धर्ना

    काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)मा देखिएको विकृतिविरुद्ध खेलाडीहरूले धर्ना दिएका छन् । बिहीबार बिहान एन्फा मुख्यालयमा नेपाल फुटबल खेलाडी संघले एक घण्टा धर्ना दिएको हो ।

    धर्नमा सहभागीहरूले 'एन्फा फुटबल एसोसिएसन कि कन्सल्टेन्सी ?,' 'विश्वकप त चार वर्षमा आउँछ, ए डिभिजन कहिले आउँछ ?' 'नो गेम, नो फ्रेम : एन्फाज टू ब्लेम', 'घरेलु लिग चलाऊ : फुटबल बचाऊ', 'वाक्क लाग्दो एन्फा : दिक्क लाग्दो नेपाली फुटबल', 'फुटबल क्यालेन्डरमा होइन, ग्राउन्डमा चाहियो'लगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ