मंगलबार, वैशाख १८ गते २०८१

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रू’

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रू’

अखबार दैनिक
सोमबार, वैशाख ३ २०८१
  • नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रू’

    काठमाडौं, ३ बैशाख। नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ छेडिने  ‘ब्रेक थ्रू’ भएको छ । सोमबार एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गरिएको हो । 

    images

    चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ ।       

    आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । आयोजना निर्माणको सुरुआती सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपथ्र्यो । आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ ।   

    त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन) लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ ।    

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ