बिहीबार , वैशाख २० गते २०८१

देशभर थपिए ८०५ कोरोना संक्रमित, ८ जनाको मृत्यु

देशभर थपिए ८०५ कोरोना संक्रमित, ८ जनाको मृत्यु

अखबार दैनिक
बिहीबार , असोज २१ २०७८
  • देशभर थपिए ८०५ कोरोना संक्रमित, ८ जनाको मृत्यु

    २१ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार २६४ नमुनाको पीसीआर परीक्षणमा ६६७ जना र ३ हजार ४०८ नमुनाको एन्टिजेन परीक्षण गर्दा १३८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने ९११ जना निको भएका छन् । नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९३ हजार ७२ पुगेको छ । तीमध्ये कोरोना संक्रमणबाट हालसम्म ११ हजार २ सय जनाको मृत्यु भएको छ भने ७ लाख ७३ हजार १४० जना संक्रमणमुक्त भएका छन् । देशभर रहेका सक्रिय संक्रमितमध्ये १४ हजार ७२८ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै १ हजार २१४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३२९ जनाको आईसीयू र ११२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये २९४ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २०७, ललितपुरका ५३ र भक्तपुरका ३४ जना छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १३६, प्रदेश २ मा ११ र बागमती प्रदेशमा ३३५ जना संक्रमित थपिएका छन् । यस्तै गण्डकीमा ८८, लुम्बिनीमा ६४, कर्णालीमा १६ र सुदूरपश्चिम प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार