शुक्रबार, जेठ ४ गते २०८१

महिला शिक्षक समाज काठमाडौँद्वारा भर्चुअल प्रशिक्षण कार्यक्रम सम्पन्न

महिला शिक्षक समाज काठमाडौँद्वारा भर्चुअल प्रशिक्षण कार्यक्रम सम्पन्न

अखबार दैनिक
आइतबार, साउन ३ २०७८
  • महिला शिक्षक समाज काठमाडौँद्वारा भर्चुअल प्रशिक्षण कार्यक्रम सम्पन्न

    महिला शिक्षक समाज काठमाडौँ शाखाले १ दिवसीय कक्षाकोठा कार्यमूलक अनुसन्धान विषयक भर्चुअल वेविनार सम्पन्न गरेको छ ।

    images

    श्रावण २ गते शनिवारको अवसरमा आयोजना गरिएको १ दिने कार्यशालामा प्रमुख अतिथिमा शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख नन्दलाल पौडेल हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा महिला शिक्षक समाजकि केन्द्रिय अध्यक्ष डा. जानुका नेपाल उपस्थित हुनुहुन्थ्यो । उक्त कार्यक्रमलाई काठमाडौँ विश्वविद्यालयका डा. बासु प्रसाद सुवेदिले सहजकर्ताको भुमिका निर्वाह गर्नुहुँदै प्रशिक्षण गर्नुभएको थियो ।FB_IMG_16265939925489982.jpg

    कार्यक्रम कक्षाकोठा कार्यमुलक अनुसन्धानमा केन्द्रित रहि कार्यक्रम सञ्चालन गरिएको थियो । निता पोखरेलको अध्यक्षतामा सञ्चालित उक्त प्रशिक्षणमा लगभग तीन सय जना सहभागी थिए भने कार्यक्रम सोचेअनुरुप सम्पन्न भएको र मुख्य गरि शिक्षकहरुको लागि निकै उपयोगी भएको कुरा कार्यसमितिको उपाध्यक्ष मञ्जु अधिकारीले अखबारदैनिकलाई बताउनुभएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ