सोमबार, वैशाख ९ गते २०८२

पोखरामा कोभिड १९ विरुद्धको खोप अभियान स्थगित

पोखरामा कोभिड १९ विरुद्धको खोप अभियान स्थगित

अखबार दैनिक
शनिबार, साउन २ २०७८
  • पोखरामा कोभिड १९ विरुद्धको खोप अभियान स्थगित

    पोखरा
    पोखरा महानगरपालिकाले सुरु गरेको कोभिड १९ विरुद्धको खोप अभियान स्थगित भएको छ । ५५ वर्षमाथिका जेष्ठ नागरिक, शिक्षक, सार्वजनिक गाडीका चालक, अत्यावश्यक सेवाका कर्मचारीलाई खोप लगाउने अभियान थालेको महानगरपालिकाले खोप सकिएपछि स्थगित गरेको हो । एक डोज मात्र लगाए पुग्ने कोरोनाविरुद्धको ‘जनसन एन्ड जनसन’ नामक खोप दिने सरकारको घोषणा अनुसार महानगरले कोभिड १९ विरुद्धको खोप अभियान सुरु गरेको थियो । मन्त्रालयबाट तत्कालको लागि ‘जनसन एन्ड जनसन खोप रोकी भेरोसेल नामक खोप लाई निरन्तरता दिन निर्देशन आएपछि महानगरपालिकाले भेरोसेल खोप दिने व्यवस्था मिलाएको थियो । तर उक्त खोप सकिएपछि खोप अभियान तत्कालको लागि स्थगित भएको महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हरिलाल आचार्यले जानकारी दिनुभयो ।
    पोखरा महानगरपालिका वडा नं. १८ देखि ३३ वडाबाहेक अन्य वडाका ५५ वर्ष माथिका उमेर समूह तथा अत्यावश्यक क्षेत्रका कर्मचारीहरुलाई जनसन खोप दिने तयारीका साथ पोखरा महानगर स्वास्थ्य महाशाखाले विभिन्न केन्द्र तोकेर खोप लगाउने व्यवस्था मिलाएको थियो । 

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ