मंगलबार, मंसिर ११ गते २०८१

गण्डकी प्रदेशमा मार्सल लगाएर बजेट पास, प्रतिपक्षको अनुपस्थितीमा एकलौटी ढंगले सदन चलाइयो

गण्डकी प्रदेशमा मार्सल लगाएर बजेट पास, प्रतिपक्षको अनुपस्थितीमा एकलौटी ढंगले सदन चलाइयो

अखबार दैनिक
बुधबार, असार ३० २०७८
  • गण्डकी प्रदेशमा मार्सल लगाएर बजेट पास, प्रतिपक्षको अनुपस्थितीमा एकलौटी ढंगले सदन चलाइयो

    पोखरा
    गण्डकी प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बिरोधका बिच मार्सल लगाएर आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बिरोधका बिच सभामुखले विनियोजन विधेयक प्रस्तुत गर्न मार्सल लगाएर मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समय दिएपछि प्रतिपक्षी सांसदहरु आक्रोशति बन्दै सभा बाट बाहिरिएका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको विरोध र सदन बहिस्कारका बीच गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । सभामा प्रतिपक्षीदलको उपस्थिती बिनानै सभामुखले सत्तापक्षका सांसदलाई बजेटमाथिको छलफलमा बोल्न समय दिएपनि कुनै पनि सांसदले छलफमा भाग लिएन्न । रित पु¥याउदै प्रदेश सरकारको बजेट बहुमतले पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गर्नुभयो ।
    अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री पोखरेलले विनियोजन विधेयक पारित गर्न राखेको प्रस्ताव सत्ता पक्षका बहुमत सांसदले पारित गरेका थिए ।  प्रदेश सरकारले १ असारमा ३० अर्बको बजेट ल्याएका थिए । मुख्यमन्त्री पोखरेलले निर्णयार्थ पेश गर्नुभएको बजेट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा आर्थिक वर्ष २०७८÷७९ विनियोजन विधेयक बहुमतले पास भएको हो ।
    एमालेले सरकारले ल्याएको बजेटमा असन्तुष्टी जनाउँदै बजेट सच्याउन माग गर्दै प्रदेश सभा अवरुद्ध गर्दै आएको थियो । प्रदेश सरकारले ल्याएको बजेट तथा बार्षीक कार्यक्रमहरु न्यायोचित हिसाबले वितरण नगरेको भन्दै एमालेले संसद अवरुद्ध गरेको हो । बहुवर्षीय योजनाहरु, स्रोत सुनिश्चित भएर अघि बढेका योजनालाई निरन्तरता नदिइएको भन्दै एमाले संसदीय दल गण्डकी प्रदेशले बजेटमा असन्तुष्टी जनाउँदै मुख्यमन्त्रीलाई १० बुँदे ध्यानाकर्षण पत्र समेत बुझाएको थियो तर त्यसको सुनुवाई नभएको एमालेको आरोप छ । छलफलका लागि टेबुल भएको २०७८÷२०७९ को प्रश्तावित बजेट पक्षपातपूर्ण भएकोले तत्काल सच्याउन पर्ने एमालेको माग छ । अघिल्लो सरकारले अगाडी सारेका प्रथम पन्चवर्षीय योजना २०७६–२०८१, अल्पकालीन लक्ष्य, दिगो बिकास लक्ष्यलाई वार्षिक बिकास कार्यक्रमले अनुशरण नगरेको र बहुबर्षे आयोजनाहरु पुर्वाग्रहका आधारमा रद्ध गरिएको, सालबसाली सञ्चालनमा रहेका योजनाहरु अलपत्र पारिएको, निर्माणाधीन सडकहरुलाई अनुसुचिमा राखेर सत्तापक्षीय सांसदको क्षेत्रमा मात्रै बजेट विनियोजन गरेको भन्दै एमालेले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई १० बुँदे ध्यानाकर्षण पत्रमा बुझाएको थियो ।

    images

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार