बिहीबार , वैशाख २० गते २०८१

संघीयता अभ्यासका ३८ महिना

संघीयता अभ्यासका ३८ महिना

अखबार दैनिक
शुक्रबार, असार ११ २०७८
  • संघीयता अभ्यासका ३८ महिना


    करिब ३८ महिने कार्यकाल पश्चात मन्त्रालयको यात्रामा पुर्ण विराम लागेको छ । नेपालको संविधान वमोजिम गठित संघ, प्रदेश र स्थानिय गरि तिन तहका सरकार मध्ये गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीज्यूको सचिवालयमा रहेर काम गर्ने जुन अवसर मिल्यो यस बाट धेरै सिकाई र अनुभव आर्जन गरेको छु । जुनविश्वास र भरोसा गरी आफ्नो सचिवालयमा काम गर्ने जुन जिम्मेवारी दिनुहुने माननीय मन्त्री विकास लम्साल प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु । माननीय मन्त्रीज्यूको सचिवालयमा काम गर्ने अवसर पाएकोमा गर्व महसुस गरेको छु । बहुमुल्यनासोको रुपमा मैले ग्रहण गरेको उक्त जिम्मेवारी सँगै मानवीय प्रयत्नबाट प्राप्तगर्न सकिने अधिकतम उपलब्धिका लागि आफ्नो सबै सामथ्र्य लगाउनुपर्छ भन्ने मान्यताका साथ मैले काम गरे । यस मन्त्रालयमा आफ्नो बुद्धि, क्षमता, विवेक, ज्ञान र श्रोतले भ्याएसम्मइमानदारीपूर्वक भगीरथ प्रयत्नगरि आफ्नो जिम्मेवारी पुरा गरे ।
    चुनौतीको चाङमा उभियर परिणाममुखी कामगर्न निकै कठिन पनि भयो । कठिनाईका बाबजुत हामीले उद्योग,पर्यटन,वन तथावातावरण, जलवायु, विज्ञान प्रविधि, आपुर्ती लागएतका क्षेत्रमा गरेका कामअहिले सात वटै प्रदेश मध्ये गण्डकी प्रदेश अभूतपूर्व रूपले परिचितभएको छ । नेपालको संविधान वमोजिम गठित गण्डकी प्रदेश सरकारको संस्थापक मन्त्रीको रुपमा रहीकरिब ३९ महिना उद्योग, वाणिज्य, आपूर्ति, पर्यटन, वन, वातावरण र विज्ञान प्रविधिको क्षेत्रमा उच्च सोच, जोश, जाँगर, इच्छा शक्त्ति र इमानदारिताको साथ प्रदेशको सर्वाङ्गिण विकासका लागि कामगर्दै लगातार तीन बर्ष सम्म प्रदेशकै सबैभन्दा बढी प्रगति गर्ने मन्त्रालयको रुपमा दर्ज गराउन सफल हुनुभएकोमा माननीय मन्त्री विकास लम्सालज्यूलाई हार्दिक बधाइ पनि ज्ञापन गर्दछु । विकास,समृद्धी र परिवर्तनका हिसाबले उपयूक्त यो कालखण्ड ऐतिहासिक र उपलब्धिमूलक रह्यो । मुलुक संघीयता कार्यान्वयनको सिलसिलामा चरणबद्ध रुपमा अगाडि बढिरहेको वर्तमान अवस्थामा कानुनी र संरचनागत आधारहरु तयार गर्दै  उपलब्धश्रोत साधनको उच्चतम उपयोग गरी उत्पादन र उत्पादकत्व बढाउने, रोजगारी  सिर्जना गर्ने र सो मार्फत अर्थतन्त्रमा वृद्धि गर्दै दिगो विकसकालक्ष्यहरु र समृद्ध नेपाल,खुसी नेपालीबनाउने कार्यक्रमलाई प्राथमिकतामा राखी धेरै कार्यहरु भएका छन् । 
    यो समयावधिमा २ वटा नीति, ५ वटा ऐन, २ वटा नियमावली र १ वटा गठन आदेश तयार भई कार्यान्वयनमा रहेको छ भने ११ जिल्लामा घरेलु तथाउद्योग कार्यालय स्थापना गरी २१,९५८ नयाँ उद्योगहरु स्थापनाभएका छन् । २३ वटा उद्योगग्राम घोषणा भई १९ वटा उद्योग ग्राममा पूर्वाधार निर्माण जारी र प्रादेशिक स्तरको औद्योगिक क्षेत्रको काम अगाडी बढेको अवस्था छ । ३०८ वटा सामुदायिक होमस्टेमा पर्यटन पूर्वाधार निर्माण र सशक्तीकरण गर्दा रोजगारी सिर्जनाहुनुका साथै उत्पादन वृद्धि र लोपोन्मुख संस्कृतिको जर्गेना भएको छ । ८८ प्रमुख पर्यटकीय गन्तव्य र १७ अन्य पर्यटकीय गन्तव्य गरी कुल १०५ पर्यटकीय गन्तव्यमा पूर्वाधार निर्माण तथा सौन्दर्यीकरणको कामभएको छ भने १०५ कि.मि. पदमार्गनिर्माण र मर्मत सम्भार गरिएको छ । मर्दी हिमाल ट्रेक र अन्नपूर्ण बेस क्याम्पपदमार्गको डिजिटलाइजेशनगर्ने काम समेत सकिएको छ । भ्रमण बर्षहरु, सेल्स मिसन र नेपाली तथा अङ्ग्रेजीमा पर्यटकीय गन्तव्यको प्रबर्धन र प्रचारप्रसार गरिनुले यहाँको पर्यटन चलायमानको स्तर वृद्धि हुदै गएको छ । पोखराबाट प्रमुख शहरहरु विराटनगर, भरतपुर, भैरहवा र नेपालगञ्ज नियमित हवाई सेवा सञ्चालन भएको छ भने अन्यप्रदेश सँग सिधा हवाई मार्गले जोड्ने काम अगाडी बढेको छ । थप भएका १०८ सामुदायिक वन उपभोक्ता समूह र १६ वटा धार्मिक वन उपभोक्ता समूह सहित ३,९५२ सामुदायिक वन उपभोक्ता समूह, १,११९ कबुलियतीवन उपभोक्ता समूह र ३४ वटा धार्मिक वन गरी कुल ५,१०५वटा समुदायमा आधारित वन उपभोक्ता समूह मार्फत वन संरक्षण र व्यवस्थापनका धेरै राम्रा राम्राकार्य भईरहेको अवस्था छ । 
    ११ वटा उच्च प्रविधियुक्त नर्सरी स्थापना तथा सञ्चालन मार्फत विभिन्न प्रजातीका ७०,३८,२६५ विरुवा उत्पादन र रोपण गरिएको छ भने सबै जिल्लामा कम्तीमा बार्षिक रुपमा १०,००० बहुबर्षीय विरुवाको उत्पादन सुरु हुनथालेको छ । सडक निर्माणसँगै विनाश हुन लागेका बर, पीपल, समी र चौतारीको संरक्षणका लागि ऐनको निर्माण गरी कार्यान्वयन गरिएसँगै संरक्षण र सौन्दर्यकरणका कामहरु भएका छन् । कुल ८,६१,००० हेक्टर वनको संरक्षण तथा व्यवस्थापनबाट २०,९३,५७४ क्युफिट काठ, २,८३७ चट्टादाउरा र ७९,०९० के.जि. जडीबुटी उत्पादनभएको छ ।
    २७० वटा उद्यान र वाटिका निर्माण तथा सामुदायिक वनमा पर्यापर्यटनका कार्यहरु सञ्चालन भईरहदा पोखराको पचभैयामा प्रदेशस्तरीय प्राणि उद्याननिर्माण सुरु तथा वन्यजन्तु उद्दारका लागिप्रदेशमै पहिलो पटक वन्यजन्तु एम्बुलेन्सको व्यवस्था पनि गरिएको छ । मानव–वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि नवलपुर जिल्लाका विभिन्न स्थानमा कुल ४.३ किमि ढलान सहितको मेस वायर फेन्सिङ निर्माणको काम सकिएको छ ।
    मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि २ करोड ८१ लाख ५८ हजार ७ शय ४६ रुपैँया राहतको रुपमावितरण गरिएको छ भनेताल संरक्षण तथाविकास प्राधिकरण स्थापना गरी प्रदेशका सबै तालको इन्भेन्ट्री गरिनुका साथै १८ वटा तालतलैयाको मर्मत सम्भार र सौन्दर्यकरण गरिएको छ । फेवातालको संरक्षणका लागि वेतयानी, लौरुक, अँधेरी र हर्पन खोलामा सिल्टेसन ड्यामनिर्माण तथा फेवातालकिनारमा फुट ट्रेक निर्माण तथा सौन्दर्यकरण काम सम्पन्नभएको छ भने रामसारमा सूचीकृत साना ६ तालको मर्मत सम्भार भएको छ  । ९३ वटा भन्दाबढी संरक्षण पोखरीहरु निर्माण तथामर्मत सम्भार, ५० वटा पहिरो व्यवस्थापन तथा सबै जिल्लामा एकिकृत भू संरक्षणका कार्य गरिएको छ ।
    गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गरि सञ्चालनमा ल्याइएको छ भने  वन व्यवस्थापन, उद्योग स्थापना र कार्यक्रम कार्यान्वयनबाट १,४९,११,८०० श्रम दिन अर्थात करिब ५०,००० जनाको रोजगारी सिर्जना भएको छ  । यसका साथै स्थानीय कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास गरी परम्परागत ज्ञानको संरक्षण, उपयोग, सीप र प्रविधी हस्तान्तरण गरी रोजगारी सिर्जना, एकाधिकार, सिन्डिकेट तथा कार्टेलिङ अन्त्यगर्न तथा गुणस्तरीय र नियमित आपूर्ति सुनिश्चित गर्न बजार अनुगमन, नविकरण नभएका उद्योगको नविकरण, विकास र वातावरणलाई सन्तुलित रुपमा अगाडि बढाई प्रविधी मैत्रीप्रदेशको निर्माण गर्ने, वातावरणको संरक्षण गर्दै समुदायमा आधारित वनव्यवस्थापन प्रणालीलाई केन्द्रमा राखीवनको संरक्षण, व्यवस्थापन र दिगो उपयोग गर्ने, एकिकृत रुपमा जलाधारको व्यवस्थापन गरी प्राकृतिक विपत्तीबाट हुने जनधनको क्षतिलाई कमगर्ने,पर्यटन क्षेत्रको दिर्घकालिन रुपमा योजनाबद्ध विकास गर्नको लागिपर्यटन गुरुयोजना तथा डि.पि.आर., ओझेलमा परेका पर्यटककिय गन्तव्यको उजागर र पर्यटन प्रचारप्रसार लगाएतका धेरै कामहरु तिनबर्ष तिन बर्षको अवधिमा भएका छन् ।
    यीकामहरु एकल प्रयासले मात्र भएका भने होईन्न मन्त्रालयका हरेक कामकार्य सिद्धी गर्न रचनात्मक एवम् सिर्जनात्मक सल्लाह, सुझाबदिनुहुने तथा सहयोगी सबै प्रतिहार्दीक धन्यवाद ज्ञापनगर्दछौँ । कार्यसम्पादनका सिलसिलामा रात साँझ खटिने मन्त्रालयका कर्मचारी साथीहरू, निरन्तर सल्लाह, सुझाब र साथदिनुहुने राजनीतिक नेतृत्व, पत्रकार, नागरिक समाज, काममा सहायतागर्ने बिभिन्न मितिमा आउनुभएका मन्त्रालयका सचिवज्यूहरु,मन्त्रालय मातहतका कार्यालय प्रमुखज्यूहरु र सम्पूर्ण कर्मचारीहरु प्रति आभारका शब्द अर्पण गर्दछौँ ।
    यहाँकामगर्दा सयौँ साथीहरु प्रेरणाका पात्र बन्नुका साथै प्रेम र आत्मियबोध गर्न लायक धेरै साथीहरु हुनुहुन्छ जसको चित्र अजम्बरी रुपमा मनमा कोरिएको छ । यहाँ रहदा साथीहरु सँगको त्यो सहकार्यको सम्झना र रमाइला क्षणहरु अविस्मरणीय रहने छन् । छुट्टिनु पर्दाको क्षण नमिठो नै हुन्छ तर आगमन र बहिर्गमन भईरहने नियमित र स्वभाविक प्रकृया नै हो । जीवन एक अनवरत यात्रा हो । देशलाई सबल र समृद्धशाली बनाउने तथा काम गर्ने शिलशिलामा कहिले कहाँकहिले कहाँ भईनै हालिन्छ तर सद्भाव, माया र सम्झना सधैं पाइरहने भन्ने कुराले खास अर्थ राख्दछ । अन्त्यमाः मन्त्रालय बाट बिदाई हुदै गर्दा जीवनको कुनै एक विन्दुमा छुटिन पुगेता पनिअर्को बिन्दुमा भेट्ने बाचाका साथ भेरी भेटौँला ।

    images

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ