चे फोर्स नेपालले बिहीवार एक विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई नस्लवादी चिन्तनबाट माथी उठ्न आग्रह गरेको छ ।
नेपाल सरकारको शिक्षा मन्त्री स्वयंले आरोपीलाई छुटाउन जानु जातजन्य विभेदलाई निरन्तराता दिनु भएको भन्दै आपत्ति जनाएका छ ।
मन्त्रीको उक्त हर्कतले कानुनी प्रक्रियाको हुर्मत लिँदै सदियौँदेखि हुने गरेका जातीय विभेद र हिंसा लाई पक्षपोषण गर्दै गम्भीर मानवअधिकार उल्लंघनका घटनालाई राज्यले संरक्षण दिन्छ भन्ने यथार्थलाई राज्यले पुनः प्रष्ट पारेको विज्ञप्तिमा उल्लेख छ ।