आइतबार, मंसिर ९ गते २०८१

त्रिविका स्थगित परीक्षा साउनदेखि

त्रिविका स्थगित परीक्षा साउनदेखि

अखबार दैनिक
बुधबार, असार ९ २०७८
  • त्रिविका स्थगित परीक्षा साउनदेखि

    त्रिभुवन विश्वविद्यालयले स्नातक तह र स्नातकोत्तर तहका परीक्षा साउनमा सञ्चालन गर्ने भएको छ । त्रिविले स्थगित भएका र परीक्षा हुन बाँकी रहेका स्नातक र स्नातकोत्तर तहका परीक्षा साउनमा गर्ने गरी कार्यतालिका पास गरेको स्रातले जानकारी दिएको छ ।

    images

    कार्यतालिकाअनुसार स्नातक तह दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष(पुरानो समूह)को परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने तयारी छ । यो निर्णयसँगै मानविकी, व्यवस्थापन, शिक्षा र विज्ञान अध्ययन संस्थानमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत झण्डै दुई लाख ५० हजार भन्दा बढी विद्यार्थीको परीक्षा सञ्चालन हुने भएको छ ।

    विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भइरसका कारण करिब २० महिनादेखि स्नातक तह प्रथम वर्षका परीक्षा अहिलेसम्म हुन सकेका छैनन् ।

    त्रिविले वार्षिक प्रणालीमा अध्ययन गरेका यी विद्यार्थीलाई पुरानै प्रणालीबाट परीक्षा लिने निर्णय गरेको छ । विद्यार्थी संखय धेरै भएका कारण अनलाइन या अन्य माध्यमबाट परीक्षा लिन सम्भव नभएपछि परीक्षाका लागि पुरानै प्रणाली अपनाउन लागिएको हो ।

    विशेष परिस्थितिका कारण विद्यार्थीलाई परीक्षा केन्द्र छनोट गर्न अवसर दिने निर्णय भएको छ । सामान्य अवस्थामा भने परीक्षा केन्द्र सार्न मिल्दैन । परीक्षा केन्द्र छनौट पछि परीक्षा केन्द्र थप्नुपर्ने अवस्था आउने बताइएको छ ।

    स्नातकोत्तर तह दोस्रो वर्षका विद्यार्थीका लागि भने अनलाइनबाट परीक्षा फाराम भराउने भएको छ । विद्यार्थीको परीक्षा छिटो सञ्चालन गर्न सहज होस् भनेर अनलाइन माध्यमबाट परीक्षा फाराम भर्ने व्यवस्था मिलाइएको हो । यी विद्यार्थीको परीक्षा भदौभित्र गर्ने त्रिविको योजना छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ