आइतबार, मंसिर ९ गते २०८१

दलित समुदायको भएकै कारण कोठा नदिने घरबेटी विरुद्ध जातीय विभेदको मुद्दा दर्ता

दलित समुदायको भएकै कारण कोठा नदिने घरबेटी विरुद्ध जातीय विभेदको मुद्दा दर्ता

अखबार दैनिक
बिहीबार , असार ३ २०७८
  • दलित समुदायको भएकै कारण  कोठा नदिने घरबेटी विरुद्ध जातीय विभेदको मुद्दा दर्ता

    इमेज टेलिभिजनको उकाली-ओराली कार्यक्रमकी प्रस्तोता रूपा सुनार पछिल्लो समय कोठा सर्न खोज्दै थिइन् । काठमाडौँको बबरमहल स्थित एक घरबेटीले कोठा भाडामा दिने पक्का भएपछि जात सोधेकी थिइन् ।

    images

    ‘सुनार’ अर्थात् दलित समुदायको भएको थाहा पाएपछि उनलाई घरबेटीले कोठा भाडामा दिन अस्वीकार गरेकी हुन् । घरबेटीको कुरा सुनेर रूपाको चित्त दुखिसकेको थियो। तर उनले केही नभएजस्तो गरिन् । उनलाई आफू कामी भएकै कारण त्यो घरमा नअटाएको भन्ने लागेको छ । आफूलाई ती घरबेटीले अर्को दर्जाको व्यवहार गरिएको महसुस भएको बताइन् । रूपाले थरकै कारण विभेद भोगेको यो पहिलो पटक भने होइन ।

    ती घरबेटीले तिमीहरूलाई कोठा भाडामा दिन मिल्दैन’ भन्दै जातीय विभेद गरेको पाइएको हो । काठमाडौँ महानगरपालिका वडा नम्बर ११ की घरबेटी सरस्वती प्रधानले कोठा भाडामा दिने मन्जुर भइसकेपछि अन्तिममा दलित भन्ने थाहा पाएपछि भाडामा दिन अस्वीकार गरेकी थिइन ।

    सञ्चारकर्मी सुनारले आफू माथि भएको विभेदको विरुद्ध कानुनी उपचार खोजेकी छिन।महानगरीय प्रहरी वृत्त सिंहदरबारमा आज अधिकारकर्मी , पत्रकार र कानुन व्यावसायिक बाक्लो उपस्थित र छलफल पछि जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।

    201754438_1888911177942224_4565703529627263154_n.jpg

    201973409_1109946626159564_2727995225671286244_n.jpg

    202088978_843911989568173_3260834236812912278_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार