आइतबार, मंसिर ९ गते २०८१

असार २५ गतेसम्म कर तिर्न सरकारको आग्रह

असार २५ गतेसम्म कर तिर्न सरकारको आग्रह

अखबार दैनिक
बुधबार, असार २ २०७८
  • असार २५ गतेसम्म कर तिर्न सरकारको आग्रह

    कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी गर्दै कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो ।

    images

    विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्नेछ ।

    २०७७ चैत र २०७८ वैशाखमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिला गर्ने अवधि पनि असार २५ सम्म तोकिएको हो ।

    २०७७ चैत र ०७८ वैशाख महिनाको बुझाउनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क र दूरसंचार सेवा दस्तुर दाखिला गर्ने म्याद समेत ०७८ असार २५ गतेसम्म थप गरिएको विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार