बिहीबार , मंसिर ६ गते २०८१

उपप्रधानमन्त्री महतोको कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन : गौतम

उपप्रधानमन्त्री महतोको कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन : गौतम

अखबार दैनिक
शनिबार, जेठ २२ २०७८
  • उपप्रधानमन्त्री महतोको कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन : गौतम

    नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोले सञ्चालन गरिरहेको आन्दोलन नेपाललाई विखण्डन गर्ने भएको बताएका छन् ।

    images

    उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्रीको शपथ र पदभार ग्रहण गरेपछि शुक्रबार महतोले आफ्नो बहु राष्ट्रिय राज्य स्थापनाको लागि तयारी गर्ने काम अगाडि बढाउँदै जाने र विगतका आन्दोलनका माग सम्बोधन गर्दै जानकारी लागि सरकारमा सहभागी भएको बताएका थिए ।

    उपप्रधानमन्त्री महतोको उक्त अभिव्यक्तिको नेता गौतमले विरोध गरेका छन् । गौतमले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत महतोको योजना नेपाललाई विभाजन गर्ने रहेको उल्लेख गरेका छन् ।

    ‘राजेन्द्र महतोले अहिले पनि सञ्चालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्रजीको त्यो मागलाई अस्वीकार र विरोध मात्र गर्न सकिन्छ,’ गौतमले लेखेका छन्, ‘प्रधानमन्त्री श्री केपी ओलीले राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ