शनिबार, वैशाख २२ गते २०८१

सर्वसुलभ मुल्यमा ‘सिजी इन्टरनेट’सेवा शुरु

सर्वसुलभ मुल्यमा ‘सिजी इन्टरनेट’सेवा शुरु

अखबार दैनिक
मंगलबार, जेठ १८ २०७८
  • सर्वसुलभ मुल्यमा ‘सिजी इन्टरनेट’सेवा शुरु

    सिजी कम्युनिकेसन प्रालीले आजदेखि काठमाडौंँ उपत्यकामा उच्च गतिको इन्टरनेट सेवा शुरुआत गरेको छ ।

    images

    यसबाट सार्वजनिक एवम् निजी क्षेत्रबाट प्रवाह हुने सेवाका गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । हाल इन्टरनेट प्रदायक कम्पनीका तुलनामा सिजीको सेवा सस्तो रहेको दाबि समेत गरिएको छ ।

    कम्पनीद्वारा आज यहाँ जारी विज्ञप्तिमा १२० एमबिपिएस गतिको ‘सिजी नेट’ रु ९९९ मा उपलब्ध हुने जनाइएको छ । कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सिजी नेट सेवाले उपभोक्ताका जीवनमा नयाँ अनुभव गराउने बताए । कम्पनीले शुरुआती चरणमा इन्टरनेट सेवा शुरु गरेपनि चाँडैनै आइपिटिभी तथा अन्य सेवा ल्याउने तयारी भएको जनाएको छ ।

    विज्ञप्तिमा शुरुआती चरणमा काठमाडौँ उपत्यकाका तीनै जिल्लामा उपलब्ध हुने, तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनामा क्षेत्रमा जडान हुने र एकवर्षभित्र उपत्यकाका सबै क्षेत्रमा सेवा विस्तार हुने उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार