मंगलबार, असोज ६ गते २०८३

पहिलो विदेश भ्रमणमै राष्ट्रसंघको महासभा, बालेन न्यूयोर्क प्रस्थान (तस्बिरहरू)

पहिलो विदेश भ्रमणमै राष्ट्रसंघको महासभा, बालेन न्यूयोर्क प्रस्थान (तस्बिरहरू)

अखबार दैनिक
मंगलबार, असोज ६ २०८३
  • पहिलो विदेश भ्रमणमै राष्ट्रसंघको महासभा, बालेन न्यूयोर्क प्रस्थान (तस्बिरहरू)

    काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन्।

    प्रधानमन्त्री शाह कतार एयरवेजमार्फत न्यूयोर्कतर्फ प्रस्थान गरेका हुन्। महासभाको उच्चस्तरीय सत्रलाई उनले आगामी असोज ८ गते (सेप्टेम्बर २४) सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

    न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ।

    प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्ने क्रममा नेपालको समसामयिक अवस्था, अन्तर्राष्ट्रिय सहकार्य तथा विश्व समुदायसँग नेपालको सम्बन्धका विषय उठाउने अपेक्षा गरिएको छ।

    प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्यलगायत सहभागी छन्।

    प्रधानमन्त्री शाहको भ्रमणका क्रममा राष्ट्रसङ्घीय अधिकारी तथा विभिन्न मुलुकका प्रतिनिधिसँग भेटवार्ता हुने कार्यक्रमसमेत रहेको जनाइएको छ।

    प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

    प्रधानमन्त्री भएपछि शाहको यो पहिलो विदेश भ्रमण हो।

    4.JPG

    3.JPG

    2.JPG

    1.JPG

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ