मंगलबार, असोज ६ गते २०८३

मीरा राणाको ६ दशक : एउटै मञ्चमा गुञ्जिए कालजयी गीत

मीरा राणाको ६ दशक : एउटै मञ्चमा गुञ्जिए कालजयी गीत

अखबार दैनिक
मंगलबार, असोज ६ २०८३
  • मीरा राणाको ६ दशक : एउटै मञ्चमा गुञ्जिए कालजयी गीत

    काठमाडौं । वरिष्ठ गायिका तथा संगीतकार मीरा राणाको ६ दशक लामो सांगीतिक यात्रालाई समेट्दै काठमाडौंमा ‘मीरा राणा एकल सांगीतिक साँझ’ सम्पन्न भएको छ ।

    कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा राणाले आफूले स्वर दिएका तथा संगीत भरेका विभिन्न चर्चित गीत प्रस्तुत गरिन् । कार्यक्रममा दर्शकको उल्लेख्य सहभागिता थियो ।

    mirarana 2.jpg

    राणाको सांगीतिक यात्राका विभिन्न कालखण्ड र सहकार्यलाई समेट्दै अन्य कलाकारहरूले पनि उनका लोकप्रिय गीत प्रस्तुत गरे । शम्भुजीत बासकोटा, रामभक्त जोजिजु, कृष्णगोपाल श्रेष्ठ, योगेन्द्र उपाध्याय, छिरिङ भुटिया र कपिल लोहनीलगायतले प्रस्तुति दिएका थिए ।

    त्यस्तै तारा थापा, संगीता थापा, निशा देशार, रुपी सिंह, माण्डवी त्रिपाठी, सविना कार्की, इतु जोजिजु, शीतल थापा र युनिशा देशारलगायतले पनि राणाका गीत गाएका थिए ।

    कार्यक्रममा राणाले स्वरसम्राट नारायणगोपालसँग गाएका ‘तिमी देऊ या नदेऊ’, ‘मेरो जोवन लैजाऊ’, ‘आँखैमा कसैको तस्वीर बसेछ’ र ‘बैनीको दया छ भने’ लगायतका गीत प्रस्तुत गरिन् ।

    शम्भुजीत बासकोटासँग गाएको ‘नाच्देऊ मैच्याङ’ तथा कुमार बस्नेतसँगका ‘मादल घनघन घन्काउँ कि’ र ‘लेक फुल्यो लालीगुराँस’ लगायतका गीत पनि कार्यक्रममा गुञ्जिए ।

    mira rana 3.jpg

    राणाका चर्चित एकल गीत ‘मखमली चोलो चाहिँदैन’, ‘मात चढेको साँझ’, ‘नशालु रात’, ‘मेरो पाउमा आज’, ‘साम्द सदा शिव’, ‘बिर्सिएर मैले फेरि’ र ‘आजसम्म जसरी बाँचेर आएँ’ लगायत प्रस्तुत गरिएको थियो ।

    क्यान्सरलाई जितेकी राणाले क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले ‘मीरा राणा क्यान्सर समाज’ स्थापना गरेकी छन् । सोही समाजमार्फत कोष खडा गरी क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले सांगीतिक साँझ आयोजना गरिएको आयोजकले जनाएको छ ।

    कार्यक्रमका अवसरमा समाजले गायक कुमार बस्नेत तथा संगीतकार शम्भुजीत बासकोटा र दीपक जंगमलाई सम्मान गर्ने घोषणा गरेको छ । साथै, राणाको सांगीतिक योगदानको सम्मानमा उनलाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

    mira rana 4.jpg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ